९ मंसिर २०८१ आइतबार
image/svg+xml

जाडोमा बढ्छ हृदयघात ?

जाडोमा गर्मीको तुलनामा बढी हृदयघात किन हुन्छ ? कसरी बच्ने ? प्रस्तुत् मनमोहन कार्डियो भाकुलर,थोरासिक एण्ड ट्रान्सपलान्ट सेन्टरका सह–प्राध्यपक तथा मुटुसर्जन डा.अनिल भट्टराईसित गरेको कुराकानी। भट्टराईले रुसवाट एमविविएस र एमएस अध्ययन गरेका छन् भने इटलीवाट मुटु शल्यक्रिया बिषयमा पिएचडी गरेका छन्।

जाडोमा लाइट थेरापी

लाइट थेरापी व्यायामको विभिन्न उपायमध्ये एक हो। विशेषगरी जाडो मौसममा शरीर तताउन यो थेरापी उपयोगी हुन्छ। यस्तो थेरापीको सहयोगले शरीरमा भएको अनावश्यक बोसोको मात्रा कम गर्नुका साथै शरीरलाई स्लिम तथा फिट राख्न सकिन्छ।

जाडोमा सुन्दर फूल फुलाउने टेक्निक (फोटो फिचर)

गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिन्छ । जाडो मौसममा सुन्दर फूल फूलाएर घर तथा गार्डेन झिलिमिली बनाई बेहुलीजस्तै सिंगार्न सकिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा फूल फूलाउँदा भने निक्कै ध्यान दिनु पर्छ ।

जाडो बढ्यो, केकस्ता खाना खाने ?

धरानकी शिव वान्तवा एक विहानै फेसवुकमा पोष्ट गर्नु हुन्छ,‘उठ्न खोज्छु,खुट्टाको कुन्जा चल्दैन’। काठमाडौंका सफल भन्छन्,पुस फासफुस भन्या होइन रहेछ म भन्छु पुसलाई धुप दिएर वैसाख पठाइदेऊ’ यी सामाजिक संजालका पोष्ट हेर्दा चिसोको प्रभाव सवैलाई परेको छ। तर हाम्रो खानपानमा केही जुक्ति अपनाए आत्तिहाल्नु पर्दैन ।

जाडोमा किन बढ्छ मस्तिष्कघात ?

जाडोको कारण शारिरीक गतिबिधी कम हुन्छ, जाडोको बहानामा मानिसहरु एकै ठाउँमा आरम गरेर बस्ने गर्छन्। चिसोले रगतको धमनी साँघु्रिन्छ ,त्यही बेलामा शारिरीक गतिबधी कम हुने चिल्लो,बढी क्यालोरी भएका खानाहरु पनि यही मौसममा बढी खाने चलन छ।

प्रहरीलाई उलन पाइन्ट अभाव

ठेक्का लिने कम्पनीको बदमासीका कारण नेपाल प्रहरीले जाडोमा उलन पाइन्ट अभाव बेहोर्नुपरेको छ। यो वर्ष उलन पाइन्ट सप्लाई गर्ने ठेक्का जेएम बीडी इन्टरनेसनल कम्पनीले पाएको थियो।

जाडोमा बढी सताउँछ बाथले

११ वर्ष भयो। सन् २००७ मा सरकारको छात्रबृत्तिमा बंगलादेशमा एमविविएश सकेपछि यो सेवामा लागें। त्यही क्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानवाट एम डी र भारतको नयाँ दिल्लीवाट बाथरोगमा एक वर्षे फेलोसिप गरेपछि वीर अस्पतालमै निरन्तर छु।

हुम्लामा भारी हिमपात, हवाइ सेवा बन्द

हुम्लामा भारी हिमपात परेको छ। बिहान ३ बजेदखि परेको हिमपातले विभिन्न स्थान सेताम्य भएका छन्। हिमपातका कारण जाडो बड्नुका साथै जनजिवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। अधिकांश बस्ती हिउँले ढाकिएका छन। हिमपातले सदरमुकाम सिमकोटमा ढेड फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेश कुमार पोखरेलले बताए।

जाडोमा बालबालिकाका स्वास्थ्य समस्या

मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।

स्थानीयले गर्दा आयातित आलु विस्थापित

जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान हर्षित छन्। वीरगन्जको थोक तरकारी बजारमा अहिले स्थानीय आलुले भारतीय आलुलाई बिस्थापन गरेको छ।

चिसोमा किन बढ्छ वायु प्रदूषण ? स्वास्थ्यमा कस्तो असर पर्छ ?

जाडो मौसममा काठमाडाैं उपत्यकामा वायुप्रदूषण ह्वात्तै बढ्ने गर्छ । वातवरणविद् भूषण तुलाधर चिसोमा वायु प्रदूषण बढ्नुका मुख्य दुई कारण औंल्याउँछन् । त्यसमध्ये एउटा प्राकृतिक कारण हो भने अर्काे मानवीय कारण । तुलाधर चिसो मौसममा पानी पर्न बन्द हुने हुँदा प्रदूषणको मात्र बढ्ने बताउँछन् ।

तातो र न्यानो घर

जाडो मौसमले फेरि एक पटक छपक्क छोपिसकेको छ। दिउँसोको घाम प्यारो भएको छ। बिहान बेलुका बाक्ला र न्याना कपडा चाहिने भएको छ।  चिसो बढेसँगै तातो पानी, तात्तातो झोलियो सुप, खाना ज्यानलाई आवश्यक पर्छ। घर कोठा पनि तातो र न्यानो बनाउनु पर्ने भएको छ।

जाडोमा न्यानो प्रविधि

जाडोमा न्यानो चाहिन्छ र गर्मीमा शितल। विगतका दिनहरुमा जाडो भगाउन आगो ताप्ने चलन थियो। गर्मी छल्नका लागि शितल ठाउँ खोज्ने। अहिले परिस्थिति फेरिएको छ। जाडोलाई न्यानो बनाउने र गर्मीलाई शितल बनाउने प्रविधि भित्रिसकेको छ। प्रविधिकै कारण जाडो भगाउने र गर्मीलाई शितल बनाउने गर्दछ। शरीर, कोठा, घर, भवन, कार्यालय र मौसम अनुसार प्रविधिले समय अनकूल बनाइदिन सक्छ।

हिटर पड्किएर आगलागी

काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ। टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी भएको हो।

अाजै घुमाैंँ भीमढुंगा

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्