८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हिटर पड्किएर आगलागी

प्रतितिनिमूलक तस्बिर

काठमाडौँ– काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ। टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी भएको हो।

आगलागीबाट लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ। यो मानवीय क्षति भएको छैन।  

यसैबीच जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ। काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै हिटर पड्किएर आगलागी भएको खवर सार्वजनिक भएको छ। रासस

प्रकाशित: २४ पुस २०७५ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App