९ मंसिर २०८१ आइतबार
image/svg+xml

जाडोमा छाला बिग्रेला है !

जाडो बढेपछि धेरै मानिस छालाका विभिन्न समस्याबाट हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। चिसोमा छालाका धेरै समस्या लिएर बिरामी उपचारमा आउने गरेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ छाला रोग विशेषज्ञ सीमा सिटौला बताउँछिन्।

जाडोमा कसरी स्वस्थ रहने?

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

आगो ताप्दा प्रदूषण

उपत्यकामा सोमबार जाडो बढ्यो। तापक्रम घटेर २.५ डिग्री सेल्सियसमा झर्यो। जाडो बढेपछि जताततै आगो तापिरहेको देखिन्छ। सडक किनारमा थुप्रिएको फोहोरसम्म बालेर आगो तापेको देखिन्छ। यसरी आगो ताप्दा तत्काल त न्यानो हुन्छ। तर यसरी आगो बाल्दा उत्पन्न हुने धुवाँले वातावरणमा नकारात्मक असर गर्छ भन्ने जानकारी कमैलाई मात्र छ।

टहरामै भक्तपुरका भूकम्पपीडित

२०७२ सालको भूकम्पपछि निरन्तर टहरामा बसिरहेको भक्तपुरका धेरै भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै बित्ने भएको छ। घर पुननिर्माण गर्न नसक्दा उनीहरू अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य छन्।

जाडोले दुई जनाको मृत्यु

जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन्।

डाँडैमाथि कालिञ्चोक

कुरी बजारमा पुग्नै लाग्दा जापानिज नागरिक युको सानुले ‘आछु ! कति जाडो, कहाँनिर हो कालिञ्चोक ? हामी कहाँबाट जाने, केबुलकार चढेर जाने हो ?’  उनको प्रश्न टुंगिन नपाउँदै पर्यटन व्यवसायी राजुमान महर्जनले भने, ‘उत्ताबाट जाने। माथि हेर्नुस् बादल खुल्यो। त्यही डाँडामाथि कालिञ्चोक मन्दिर छ।’

जाडोको व्यापारले जीवनयापन सहज

काभ्रे, पनौतीका भास्कर अधिकारीले राजधानीमा कपडाको व्यापार गर्न थालेको दुई दशक कटिसक्यो। इन्द्रचोकमा खुला पसल थापेका उनले कपडाको व्यापार गर्छन्।

एलजीको मदर्ली वासिङ क्याम्पेनिङ

एलजीले यस वर्षको जाडोमा मदर्ली वासिङ क्याम्पेनिङ सुरु गरेको छ। एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ।

जाडोका ‘बाक्ला कुर्ती’

भनिन्छ– फेसन गर्नेहरूलाई कुनै पनि मौसमले छेक्दैन। चिसो होस् या गर्मी मौसम आफूलाई फेसनेबल बनाउनेको जमात बढ्दो देखिन्छ। शिरदेखि पाउसम्म शरीरलाई न्यानो बनाउने खालका लुगा मात्र नभएर फेसनबेल र स्टाइलिस्ट लुगा खोज्न आउनेहरू धेरै रहेको व्यापारी बताउँछन्।

जाडोमा झकमक्क फूल

सामान्यतयाः जाडो सिजनका बिरुवा गर्मी सिजनको बिरुवाको तुलनामा प्रायः होचा किसिमका हुन्छन् तर बहुरंगी हुन्छन् । जाडोले बिरुवा ढिलो पनि बढ्छन् । तर लामो समयसम्म टिक्छन् । जाडो सिजनका बिरुवा जाडो मौसममै फुल्ने भएकाले चिसोमा समेत फुल्न सक्छन् ।

१७ जनामा मौसमी फ्लु प्रमाणित

दुई साताअघिदेखि फैलिन सुरु भएको मौसमी फ्लु राजधानीसहित विभिन्न जिल्लामा फैलिरहेको राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी रोग नियन्त्रण महाशाखाले जनाएको छ । जाडो मौसमको सुरुवातसँगै यो फ्लु देखापरेको चिकित्सकले जनाएका छन्।

जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन्।

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान | विन्टर टिप्स

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

जाडोका कारण रौतहटमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

अत्यधिक जाडोका कारण रौतहटमा आइतबारसम्म पाँचजनाको मृत्यु भएको छ। शनिवार राती सुतेकै अवस्थामा ओछ्यानमै कठांग्रिएर दुईजनाको मृत्यु भएसँगै जाडोले मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्