९ मंसिर २०८१ आइतबार
image/svg+xml

जाडोबाट जोगाऔं

पूर्वी तराईमा शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताभित्रै नौ जनाको ज्यान गएको जुन तथ्य बाहिर आएको छ, त्यसले सर्वसाधारणमा आधारभूत स्तरको न्यूनतम तहमा समेत जीवन जिउने अवस्था नभएको देखाएको छ । चिसोले कठ्यांग्रिएर मृत्यु भए पनि एक हिसाबले भन्ने हो भने यो विपन्नताकै परिणाम हो । गरिबीका कारण सर्वसाधारणले न्यूनतम स्तरको समेत बसोबासको प्रबन्ध गर्न नसकेकै कारण उनीहरु चिसोले मृत्युवरण गर्न बाध्य छन् ।

जाडोमा के खाने के नखाने ?

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ?

जाडोले रौतहटमा थप दुईको मृत्यू

अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा थप दुईजनाको मृत्यु भएको छ। रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ।

जाडो याममा छालाको हेरचाह कसरी गर्ने ?

जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो, फाट्ने हुन्छ । त्यसैले छालालाई मुलायम तथा नरम राख्नका लागि मोस्चराइजिङ क्रिम तथा लोसनको समयसमयमा राम्रो तरिकाले प्रयोग गर्नुपर्छ । सकेसम्म जाडोयाममा साबुनको प्रयोग कम गर्नुपर्छ । साबुन प्रयोग गर्दा छाला फुस्रो, कडा, चिलाउने र एलर्जीजस्ता समस्या देखापर्छ ।

जाडोका कारण कर्णालीको जनजीवन कष्टकर

कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ।  अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ। जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ।

जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन्।

जाडोमा सिजीका नयाँ ब्राण्ड

काठमाडौं- जाडोलाई ध्यानमा राख्दै सि.जी. ब्राण्डले न्यानोपनको आभास दिने विभिन्न घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ। सि.जी. ले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केट्ली, वाटर हिटर, फेन हिटर लगायतका सामाग्रीहरु बजारमा ल्याएको हो।

जाडो महिनाको न्यानो खुराक

थलीकी अम्बिका सिंखडालाई पुसको अन्तिम साताबाटै माघले छोएको छ। माघेसंक्रान्तिको तयारीमा जुटेकी उनले अघिल्लो साता नै आफ्नै बारीबाट तरुल निकालिन्। घरमै पालेको गाईको घिउ संगालेकी छिन्। साँखु पुगेर चाकु र घरनजिकै पसलबाट तिलको लड्डु किनेको सुनाइन्।

पश्चिमी वायुको प्रभावबाट जाडो बढ्याे

भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ ।

जाडोमा गर्न नहुने आठ काम

जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी खाने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी खाएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा शरीर डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर

मौसम परिवर्तन भएसँगै तीन/चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ ।

बढ्न थाल्यो उपत्यकामा जाडो

यस वर्ष कात्तिक सकिँदा नसकिँदै जाडो निकै बढेको अनुभव काठमाडौं उपत्यकावासीले गरेका छन्। तुलनात्मक रुपमा जाडो बढेको जल तथा मौसम विज्ञान विभागले पनि पुष्टि गरेको छ। आफ्नो अण्डाकार कक्षमा पृथ्वी सूर्यबाट टाढिँदै जाँदा मौसम परिवर्तन भइ हिउँद लाग्छ।

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

उलनका उत्पादनको विश्वप्रसिद्ध ब्रान्ड मोन्टे कार्लोले जाडोका लागि आवश्यक तयारी पोसाक भित्र्याएको छ। नजिकिँदो तिहारलाई समेत लक्षित गर्दै कम्पनीले जाडो स्वेटर, कोट, पाइन्ट लगायतका सामाग्री भित्र्याएको हो। जम्बो फेसनले नोपालमा बिक्री वितरण गर्दै आएको उक्त फ्रान्सेली कम्पनीका उत्पादनले नेपाली ग्राहकको समेत मन जित्दै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्