१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

हिउँ नपग्लिदा काम रोकियो

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आठ महिनादेखि ठप्प छ।

भेरी बबईको सुरुङ एक वर्ष छिटो

तोकिएको समय र लागतमा अधिकांश ठूला आयोजनाको निर्माण सम्पन्न हुन नसकेको बेला राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा भने फरक अवस्था देखिएको छ।

मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन्।

अवरुद्ध विद्युत् आयोजना सुचारु

खिदिमामा चट्याङका कारण अवरुद्ध भएको विद्युत् आयोजना सुचारु भएको छ। गत चैत १२ गते हावाहुरी तथा पानीसँगै परेको चट्याङका कारण अवरुद्ध भएको साकेला गाउँपालिका–३ खिदिमाको बोपुङस्थित तावाखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मतपछि सुचारु भएको हो।

ठूला आयोजनालाई ३५ प्रतिशत थप बजेट

आउँदो आर्थिक वर्ष ०७६/७७ मा सरकारले ठूला आयोजनालाई प्राथमिकता दिने भएको छ। सरकारले भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गराउन नसकेको आरोप लागिरहेको बेला आउँदो आर्थिक वर्ष ठूला आयोजनामा करिब ३५ प्रतिशत बजेट वृद्धि गर्ने तयारी छ।

सुरुङ पल्लो छेउको उज्यालो

‘अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो’ भन्ने उक्ति सुन्न थालेको धेरै भयो। जहिले पनि यसको एउटै अर्थ लाग्यो– जतिसुकै लामो र अँध्यारो भए पनि सुरुङबाट निस्कन सम्भव हुन्छ तर त्यो आशा साँच्चै नै त्यतिबेला मात्र जाग्रत हुन्छ, जब सानो विन्दुका रूपमा पल्लो छेउमा उज्यालो देखिन्छ। तर सुरुङ बाङ्गोटिङ्गो रहेछ भने त नजिकै पुगिसक्दा पनि त्यो उज्यालोको थोप्लो नदेखिन पनि सक्ला। के हामी हिंँडिरहेको अँध्यारो सुरुङ पनि बाङ्गोटिङ्गो भएकै कारणमात्र हो त उज्यालो देख्न नसकेको? निकासचाहिँ अब नजिकै छ त? यसो भए त गज्जब हुनेथियो। कि यो अँध्यारो सुरुङ अति लामो भएर हो जति हिँडे पनि त्यो उज्यालोले दर्शन नदिएको? अझ डरलाग्दो चिन्ता त के भने कहीँ निकासै नभएको अँधेरो सुरुङभित्र त हिँड्दै छैनौँ हामी?

कहाँ छ सरकार!

२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहको पालाबाट सर्वेक्षण सुरु गर्न योजना बनेको यो(मेलम्ची)आयोजना ४४ सालमा खोला पहिचान अनि ४७ सालमा काठमाडौंको बाटो पखाल्ने कृष्णप्रसाद भट्टराईको भाषणपछि चर्चित बन्यो। योजनाहरू बने, आयोजना सुरु भयो, भाषण गरेको पनि आज २८ वर्ष बित्यो तर पानी आएको छैन। मेलम्चीले सबै दल अनि सबै नेताको नेतृत्व चाखिसकेको छ। मेलम्चीले हाम्रो राष्ट्रिय क्षमताको जाँचेको छ।

गेजुवालाई बूढीगण्डकी दिन मिलेन

लगानी सम्मेलनको अवसर पारेर बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको तयारी कानुनी प्रक्रिया पूरा नहुँदा बिफल भएकोे छ।

रञ्जुले अख्तियारमा मुद्दा हालेपछि बिना मगर आक्रोशित, चरित्र हत्या नगर्न चेतावनी

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्। विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।

१९ जलविद्युत् आयोजनामा लगानी आह्वान गरिने

सरकारले शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनमा १७ वटा जलविद्युत् अयोजनामा लगानी गर्न आह्वान गर्ने भएको छ।

मोलुङ दोभान पुल: सक्नुपर्ने समयमा शुरु

लामो समय जनप्रतिनिधि नभएका कारण अलपत्र परेका भनिएका आयोजना जनप्रतिनिधि आएपछि पनि उस्तै अवस्थामा छन्। मोलुङ दोभान पुलःनिर्माणको काम सक्नुपर्ने समयमा भर्खर शुरु गरिएको छ। पहिले सम्झौता भएको म्याद सकिएर फेरि थपिएको म्याद पनि सकिएपछि काम शुरु गरिएको हो।

माथिल्लो तामाकोसीलाई रकम अभाव

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ।

ग्यास सिलिण्डर पड्किँदा २ को मृत्यु, दुई बेपत्ता !

जिल्लाको भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको क्याम्पमा सोमवार साँझ ग्यास सिलिण्डर पड्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना वेपत्ता भएका छन्। आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको भान्सामा साँझ पौने ५ बजेतिर एक्कासी ग्यास सिलिण्डर पड्किएको थियो।

दुई लाख हेक्टरमा सिँचाइ पुर्‍याउने सरकारको लक्ष्य

सिँचाइ विभागले कार्यान्वयनमा ल्याएको एकीकृत ऊर्जा तथा सिँचाइ योजना कार्यक्रमबाट यो परियोजना कार्यान्वनयमा लैजाने भएको छ। अबको तीन महिनाभित्र विभागले सिँचाइ गुरुयोजनासमेत तयार पार्दै छ। यो परियोजनासमेत गुरु योजनाभित्र पर्ने गरी तयार पारिएको सिँचाइ विभागका उपमहानिर्देशक कृष्ण बेल्बासेले बताए।

सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना पनि समावेश

दोस्रो लगानी सम्मेलनमा सरकारले पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई पनि जलविद्युत् क्षेत्रबाट समावेश गरेपछि काभ्रेली खुसी छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्