२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

स्थानीय सरकारमार्फत् नै राहत बाँडिने

अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरूका लागि स्थानीय सरकारमार्फत्नै राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ।

पूर्वपश्चिम राजमार्ग : बाढीले कालोपत्रे सडक कटान गर्दै (भिडियाेसहित)

विगत तीन दिनदेखि परेकाे अबिरल वर्षाका कारण आएकाे पानीले राजमार्गकाे लहान- ११ पडरिया सडक खण्डको कालोपत्रे कटान निरन्तर रूपमा काटन गरिरहेकाे छ। पानी निकास नहुँदा लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल जलमग्न भएकाे छ।

राजधानीमा बाढीको कहर, दुई सय नाै जनाकाे उद्धार

तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका दुई सय नौ जनालाई सशस्त्र प्रहरीको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ । बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो । काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाकाे ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भक्तपुरमा हनुमन्तेको त्रास

निरन्तरको अविरल वर्षासँगै भक्तपुरबासीमा त्रास छाएको छ । विशेषगरी हनुमन्ते खोला वरपरका बासिन्दामा डुबानको चिन्ता छाएको हो । प्रत्येक वर्षायाममा हनुमन्ते वरपरका सयौं घर डुबानमा पर्ने गरेका छन् । गत वर्ष हनुमन्तेमा आएको बढीको बितन्डा देखे–भोगेका स्थानीय यो वर्षको मनसुन सक्रिय भएसँगै डरमा बस्न थालेका हुन् ।

वर्षाले जनजीवन अस्तव्यस्त, ६ हजार विस्थापित

अविरल वर्षाका कारण आएको बाढीले मुलुकका विभिन्न भूभागमा वितण्डा मच्चाएको छ। बाढीपहिरो र डुबान बढेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। बाढीले रौतहतको सबै क्षेत्र प्रभावित बनेको छ। बाढीले बगाउँदा त्यहाँका दुईजना बेपत्ता भएका छन्। बिहीबार ईशनाथ नगरपालिका–३ औरैयाका ४० वर्षीय रामपुकार पटेललाई बेपत्ता पारेको थियो। यसैगरी शुक्रबार दिउँसो गढीमाई नगरपालिका–७ धर्मपुरकी ४० वर्षीया दुलारी देवीलाई बाढीले बगाएको छ।

खोलाले बगाएर मृत्यु

दुई दिनयताको लगातार वर्षाका कारण जिल्लाको चुलाचुलीका एकजनाको खोलाले बगाएर मृत्यु भएको छ। चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव खोलाले बगाएर लगेको अवस्थामा झापाको कमल गाउँपालिका २, भालुगाउँमा फेलापरेको प्रहरीले जनाएको छ।

मोरङमा ३ हजार विस्थापित, एक बेपत्ता

अविरल वर्षाका कारण मोरङमा ३ हजार जना भन्दा बढी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ३ हजार १३ जना बिस्थापित भएका छन् भने ७ सय ५५ घर डुवानमा परेका छन्।

कमलानदीको बाढी गाउँ पस्दा दुईसय घर डुबान

बिहीबारबाट निरन्तर भइरहेको भारी वर्षाका कारण कमला नदीमा आएको बाढी सिरहा नगरपालिका– ६ स्थित बसपिट्टा र वडा नम्बर १२ सारश्वर गाउँमा पसेपछि करिब दुईसय घरहरु डुबान भएको छ।

केही दिन अझै भारी वर्षा हुने

नचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्।

जलमग्न पर्साः दर्जनौं सडक बाढीले बगायो, एक बालकको डुबेर मृत्यु

उदेकलाग्दो गर्मीले आजित पर्सावासीले पर्खेको झरी बुधबारदेखी पर्न सुरु भएर अबिरल भइदिएपछि अब डुबान र बाढीको समस्याले घेरेको छ। जिल्लाका दर्जनौं सडकहरु बढीको डुबान र कटानले अवरुद्ध भएका छन् भने पार्सगढी नगरपालिका वडा १ मा दश वर्षे बालकको डुबेर मृत्यु भएको छ। जिल्लाका सबै नदीहरुको पानीको बहाव उच्च भएको छ।

पहिरोले घर भत्किँदा बालिकाको मृत्यु

अविरल वर्षासँगै गएको पहिरोले घर भत्किँदा शुक्रबार धादिङमा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किँदा उनको ८ वर्षीया छोरी अस्मिता तामाङको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्