२० आश्विन २०८१ आइतबार
image/svg+xml

अविरल वर्षापछि भक्तपुरमा त्रास

अविरल वर्षापछि भक्तपुरबासीमा त्रास छाएको छ। विशेषगरी  हनुमन्ते खोला आसपासबासीमा चिन्ता छाएको हो। प्रत्येक वर्षको वर्षामा हनुमन्ते आसपासका सयौं घर डुवानमा पर्ने गर्दै आएपछि यो वर्ष पनि खोला आसपासका बासिन्दा डरमा बस्न थालेका छन्।

सिंहदरबारकाे पर्खाल भत्किएपछि... (फोटो फिचर)

लगातारको वर्षाले देशभर बाढीपहिरोका घटना बाहिर आइरहेको छ। यस्तोमा काठमाडौंमा सिंहदरबारको पर्खाल लडेको छ। आज सिंहदरबारको पूर्वी ढोका(अनामनगर) तर्फको पर्खाल लडदा सवारी आवागमनमा समस्या गराएको हो।

बाढीले पोल बगाउँदा विद्युत अवरुद्ध

भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङमा विद्युत अवरुद्ध भएको छ। भारी वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको पोल बगाउँदा जिल्लामा विद्युत ठप्प भएको हो। विद्यूत अवरुद्ध हुँदा दुई नगरपालिका र आठ गाउँपालिकाका हजारौं उपभोक्ता मारमा परेका छन्।

काठमाडौं जोड्ने चार सडक अवरुद्ध, पहिरोले कार पुरियो

निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

२४ घण्टासम्म भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ। पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारि वर्षा हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने महाशाखाले जनाएको छ।

भोजपुरमा दुईको मृत्युः जसको चर्पी बस्दाबस्दै गयो ज्यान

पाँच दिनदेखि परेको अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ। अविरल वर्षातको कारण घर भत्किँदा र चर्पी बगाउँदा मृत्यु भएको हो।

लगातारकाे वर्षाले कहाँ–कहाँ के भयाे ?

लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएको छ ।

नदीमा बहाव बढेपछि उद्धार टोली तयारी अवस्थामा

वर्षाका कारण टका दुई ठुला नदी र अन्य खोलामा बहाव बढेर बाढी आएपछि उद्धार टोली तयारी अवस्थामा रहेको छ। बर्षाको पानि गाउँ वरिपरि जमेर बस्ती भित्र प्रबेश गर्न लागेको छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्।

पुर्व पश्चिम राजमार्ग अवरूद्ध, आधा दर्जन गाउँ डुबानमा

वर्षाका कारण जिल्लाको आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेको हो। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ ।

बाढीले बगाएर एकजना बेपत्ता, अविरल वर्षाले ६ घर ढले

निरन्तर परिरहेको झरीका कारण लाल बकैया नदीमा आएको बाढीमा बगेर इशनाथ नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका छन् । पटेल बिहीबार बिहान पाँच बजे भारतबाट घर फर्किने क्रममा लाल बकैया नदीको फुलबरिया घाटमा रहेको डाइभर्सन बाढीले बगाएको देखेपछि डाइभर्सन छेउकै रेल्वे–लाइनको पुलबाट मोटरसाइकलसहित आउँदै गर्दा नदीमा झरेर बेपत्ता भएका हुन् ।

रौतहटमा दुई दिनदेखि वर्षाः बगाएर एक बेपत्ता, ६ घर भत्कियो

दुई दिनदेखि निरन्तरको झरिले लाल बकैया नदीमा बगाएर एक जना बेपत्ता भएका छन्। ग्रामिण सडक हिलाम्मे भएका छन् भने अहिलेसम्म विभिन्न स्थानीय तहमा छ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विराटनगर डुबानग्रस्त

अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त छ। निर्माणाधीन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बनेको छ।

वर्षाले सर्लाहीका किसान हर्षित

बुधबारको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपछिको वर्षाले उखु, मकै, तरकारी लगायत बालीलाई निकै राहत पुगेको किसानले बताएका छन्।

न्यून चापीय रेखा नेपाल नजिकः देशभर वर्षा हुने

मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ। अझै दुई/तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुसलधारे वर्षाले किसान हर्षित

बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्