१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग

वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्।

बाढीले ढाल्यो चार नयाँ सीमास्तम्भ

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।

धान रोपाइँ ४० प्रतिशत मात्र

समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

वर्षासँगै रोपाइँ गर्न भ्याइनभ्याइ

साताभरको मुसलधारे झरीसँगै आएको बाढी सकियो। अब किसानलाई खेतको रोपाइँ गर्न भ्याइनभ्याइ छ। खेतको माटो रोपाइँका लागि चाहिएजस्तो गलेर मलिलो भएको छ। बाढीको पानी खेतबाट फर्केपछि मौकाको लाभ लिँदै किसानले तीव्र गतिमा रोपाइँ बढाएका छन्। पर्साको सिबर्वाका किसान लालदेव राउत कुर्मीका अनुसारधेरैका लागि वर्षा बिपत्ती बनेर आएको छ भने कसैका लागि धान खेतीको शुभ साबित हुँदैछ।

बुढीगंगा नदी थुनिने खतरा

जिल्लाको ठूलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा द्धवारीमा नदी थुनिने खतरा बढेको हो। त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो। नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

मन्त्रीहरूको टोली खाली हात आए, अश्वासन दिएर फर्के(भिडियाेसहित)

अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीय सरकारका मन्त्री रे सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

अविरल वर्षापछिको पहिरो, डुबान र बाढी मधेशको बाढी प्रभावित जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

असार सकियो, रोपाइँ सकिएन

असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन्। कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ।

उदयपुरमा पहिरोले घर पुरेर महिलाको मृत्यु, मुर्कुचीमा बाढी पसेर बालक बेपत्ता

निरन्तर वर्षाका कारण उदयपुरमा पहिरोले घर बगाउँदा एक महिलाको मृत्यु भएको छ। पहिरोले घरसहित बगाउँदा रौतामाई गाउँपालिका ८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताएका छन्।

जरोमै उपचार जरुरी

अविरल वर्षाका कारण देशभरि जुन जनधन क्षति भइरहेको छ, यसले के पुष्टि गर्छ भने यस वर्ष पनि सरकारले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी गरेन। जेठ, असार, साउन र भदौ, नेपालमा पानी पर्ने महिना हुन्। विशेषतः यी ४ महिनासम्म रहने मनसुन नेपालका लागि वरदान र श्राप दुवै हुने गरेको छ।

मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कहिले सिक्ने विपदबाट पाठ ?

मनसुन सुरु हुनाको अर्थ वर्षा बढ्नु हो। पानी पर्ने मात्रा बढेर जानु हो। यो एउटा चक्रीय प्रणाली हो। यस्तो भएन भने जीवन नै चल्दैन। पर्यावरण चक्र नै ठप्प हुन्छ। हरेक वर्ष मनसुन आउँछ। आउनुपर्छ। साता/पन्ध्र दिनको अघिपछि मनसुन सुरु हुन्छ। यो सामान्य नागरिकलाई पनि थाहा भएको विषय हो। वर्षाको पानीले पहाडमा पहिरो र तराईमा डुबान हरेक वर्ष हुने गरेका छन्। आज एक ठाउँ पीडित होला वा उही ठाउँमा दोहोरिएर अर्को वर्ष पनि संकट आउला, तर यो स्वाभाविक प्रक्रिया हो।

मन्थली–खुर्कोट सडकखण्ड खुल्यो

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध मन्थली–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि खुलेको छ। रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटनजिक सुनकोशीको पुलको रामेछापतर्फको मुखमा खसेको पहिरो पन्छाएपछि सो सडक खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्