२० आश्विन २०८१ आइतबार
image/svg+xml

बिपी राजमार्गमा जताततै पहिरो

लगातार पाँच दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा, सिन्धुली बर्दिबास सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ। दैनिक सयौं सवारीमा हजारौं यात्रु ओहोरदोहार गर्ने बिपी राजमार्गमा जताततै पहिरो खस्दा सवारी सञ्चालनमा असहजता भएको छ। दुई दिनदेखि नै राजमार्गको पहिरो पन्छाउन जिल्लाका सुरक्षाकर्मीसहित स्थानीय लागि परे पनि आइतबार एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

वर्षाले उपत्यकामा लाखौंको क्षति, कर्मानासा खोलाको त्रास कायमै

बिहीबार रातीबाट परेको अविरल वर्षाले काठमाडौं उपत्यकमा लाखौंको क्षति भएको छ। लगातारको वर्षाले काठमाडौं र ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र शुक्रबार डुबानमा परेको थियो। वर्षाले उपत्यकाका बागमती, विष्णुमति, धोबीखोला, गोदावरी, टुकुचा, मनोहरालगायत नदीमा आएको बाढीले नदीतटीय क्षेत्र डुबानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका थिए।

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख राहत दिने

अविरल वर्षापछि आएको बाढी पहिरोले मृत्यु भएकाहरूको परिवारलाई प्रदेश १ को सरकारले दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।

रौतहट बाढीः ७० हजार परिवार प्रभावित

निरन्तरको वर्षात र बाढीले जिल्लाको सबै भौतिक संरचनामा असर पु-याएको छ भने जनजीवन निकै कष्टकर बनाएको छ। बाढीले जिल्लामा जनधनको निकै ठूलो क्षति पु-याएको छ।

खुर्कोट पुलको पहिरो हटाइयो, सवारी आवागमन सुचारु

अविरल वर्षाका कारण खसेको पहिरो कारण अबरुद्ध बनेको जिल्लाको मन्थली–खुर्कोट सडक खण्ड आइतबार साँझबाट सुचारु बनेको छ।

उदयपुरमा बाढीले बगाएर २ को मृत्यु, दर्जनौं घाइते, सयौं विस्थापित

साता दिनयताको अविरल वर्षाले उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ। जिल्लाको बेलका नगरपालिका १ तपेश्वरीका तारा श्रेष्ठको त्रियुगा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन्।

बाढीपहिराे अपडेटः मृत्यु हुनेकाे संख्या ६० पुग्याे

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्।

महोत्तरीमा पाँच दिनपछि घाम

पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ। गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो। आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझैं आक्रान्त छन्।

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

असारे बाढीसँगै बग्दै प्रदेश २ सरकारको बजेट

बिहीबार धनुषामा दिनभर वर्षा भइरहेको छ। किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ। लक्ष्मिनियाँ गाउँपालिकास्थित अगिलेसवा टोलमा भने अविरल वर्षाको पर्बाहै नगरी धमाधम बाटो ढलान गरिँदैछ।

बाढीपहिराेले प्रदेश १ मा १६ काे ज्यान

लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शुक्रबार र शनिबार दुई दिनमा प्रदेश १ मा मात्र कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन्। शनिबार रातिसम्म सप्तरी, धनुषा, सिरहा र महोत्तरीमा भने कुनै मानवीय क्षति भएको छैन। तर खोलानदीको बहाव बढ्दै जाँदा जोखिम भने निकै बढेको छ।

जताततै कान्ले पहिरोको जोखिम

भारी वर्षाका कारण खोटाङमा दर्जनौं घर–पहिरोको जोखिममा परेका छन्। ससाना कान्ले पहिरोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र राजापानी वडा कार्यालयमा क्षति पुगेको छ। महादेवस्थान वडा कार्यालयअगाडिको जग पहिरोले भासिएको र राजापानी वडा कार्यालयलाई माथिबाट खसेको कान्ले पहिरोले क्षति पु¥याएको मेयर इवन राईले बताए। भित्ता खस्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभूत विद्यालयको प्रशासन कक्षमा क्षति पुगेको हो।

त्रिभुवन राजपथ र कुलेखानी सडक सुचारु

वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध पारेको त्रिभुवन राजपथ र हेटौंडा–भीमफेदी–काठमाडौं सडकको हेटौंडा–कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ ।

डुबानले दर्जनौं गाउँको सम्पर्क बिच्छेद

अविरल वर्षाका कारण सर्लाहीका सयौं घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि बिचल्लीमा परेका सयौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। डुबानबाट दर्जनौं घरमा क्षति पुगेको छ। झीम खोलाले बाँध फुटाएपछि सदरमुकाम मलंगवासहित दक्षिण–पूर्वी क्षेत्रका आधा दर्जन गाउँ डुबानमा परेका छन्। सदरमुकाम मलंगवा, ब्रम्हपुरी, पर्सालगायत स्थानीय तहका दर्जनौं गाउँ नै डुबानमा परेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आइतबार मुलुकको पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। आइतबार रातिसम्म वर्षको सम्भावना कायमै रहेको र भारी वर्षा नभएका ठाउँमा पनि बदली हुने मौसमविद्हरूको भनाइ छ। काठमाडौंमा पनि बदली र वर्षाको सम्भावना पूर्ण रूपमा नहटेको उनीहरूले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्