२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मन्त्रीहरूको टोली खाली हात आए, अश्वासन दिएर फर्के(भिडियाेसहित)

रौतहट – अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीयसरकारका मन्त्री र सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको  हेलिकप्टरबाटै अनुगमन गर्दै नेपाली सेनाको पुरेन्वा स्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाइ बोलाएर जिल्लाको वस्तु स्थितिबारे जानकारी लिए।

पुर्व प्रधानमन्त्री नेपालले बर्सेनी बाढीको चपेटामा पर्दै आएको रौतहट जिल्लालाई जोगाउनको लागि सरकारले दिर्घकालिन योजना बनाएर अगाडि बढनु पर्ने बताए। रौतहट पुर्व बगमती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकाेले सरकार गम्भीर भएर लाग्न जरुरी रहेको उनले बताए।

त्यस्तै टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताए। उनले भने,‘उद्धारको काम सकिएकोले अब सरकार पुर्ननिर्माणतिर लागेको छ।’ त्यस्तै स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने बताए।त्यस्तै ऊर्जा मन्त्री पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए। अनुगमनमा आएका मन्त्रीहरुको जम्बो टोली खाली हात आए र आश्वान दिएर फर्केको बाढी पीडितहरु बताउँछन्।

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानको कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले दिएको तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ। अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

प्रकाशित: १ श्रावण २०७६ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App