३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अवज्ञा परमो धर्मः

स्वतन्त्र न्यायालयको सिद्धान्तलाई नेपाली लोकतन्त्रको अभ्यासले धरापमा पारेको छ । यहाँ कुनै व्यक्तिको पक्षपोषणको प्रश्न होइन । यसैपनि नागरिक सार्वभौम र सर्वोच्च भएको हुनाले उसलाई राज्यले अवमूल्यन गर्नु लोकतन्त्र विरोधी अभ्यास मानिन्छ।

चेपाङको व्यथा : परिवारै कुपोषणको सिकार

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ सिमथलीकी २४ वर्षीया रीता चेपाङ कुपोषणको सिकार भएकी छन् । उनी जन्मजात कुपोषणको समस्याले पीडित हुन्। उनीमात्र होइन, उनले जन्माएका तीन छोरी पनि कुषोषणले थलिएका छन्। ‘आफूलाई त जन्मजातै कुपोषणले थलायो’, उनले भनिन्, ‘जन्माएका छोरीलाई पनि बाँकी राखेन।’

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

खाद्यमा आधारित पारिवारिक पोषण सुधारका लागि खोटाङका १० वडाका जनप्रतिनिधिलाई पोषणका विषयमा जानकारी दिइएको छ।

पोषणस्तर सुधार्न बाख्रापालन

जुम्लाको हिमा गाउँपालिका ७ का ६२ वर्षिया लालसरी रोकायालाई यो समयमा बाख्रा चराउनमै ठिक्क छ। महिला तथा वालावालिकाको पोषण स्तर सुधार्नका लागि कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाख्रा दिएपछि बाख्राको लालनपालनमै दिन गुज्रने गरेको हो।

पोषण संम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवर्द्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।

कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक

आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ।

पोषण अवस्था सुधार्न अमेरिकाले सघाउने

नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउने उद्देश्यले अमेरिकाले विश्व खाद्य सुरक्षासम्बन्धी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै अमेरिकाले उक्त रणनीति सार्वजनिक गरेको हो ।

उत्तर कोरियाका ४१ प्रतिशत जनता कुपोषणको चपेटामा

संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका करिब ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेका छन् । त्यहाँका करिब ५ जनामा २ जना कुपोषणमा बाँच्न बाध्य  छन् ।

कुपोषणका कारण नाबालकको मृत्यु

कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए।

कुपोषणले बालिकाको मृत्यु

कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भयो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए।

खुवाउन नजान्दा कुपोषण

‘कुपोषण’लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ । तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ। पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा कुपोषणले सताउँछ।

अशक्तलाई भरणपोषण आदेश कार्यान्वयन भएन

सर्वोच्च अदालतले घर र परिवारविहीन भई सडकमा भौंतारिइहेका अशक्त र असहाय नागरिकलाई भरपोषणसहित संरक्षण गर्न आठ महिनाअघि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनमा आउन सकेको छैन।

कुपोषणले थलिँदै गाउँ

सप्तरी डाढा–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणग्रस्त रामको उपचार  अभावमा मृत्यु भएको परिवारको भनाइ छ। सानैदेखि कुपोषण भएका शम्भुको अवस्था पछिल्ला चार वर्षयता नाजुक बन्दै गएको थियो। चार वर्षअघि मजदुरी गर्न गएका बेला उनी खेतमै लडेका थिए। त्यस घटनापछि उनी झनै थलिए।

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सप्तरीको डाढा गाविस–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणले ग्रसित रामको उपचारकै अभावमा मृत्यु भएको परिवारजनको भनाइ छ।उसो त राम बच्चै देखि कुपोषित रहेका थिए। पछिल्लो चार बर्षदेखि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । चारवर्ष अघि अर्काको खेतमा मजदुरी गर्न गएका बेला शम्भु लडेका थिए।

पोषण सुरक्षासँगै आम्दानीको दरिलो माध्यम बन्दै घरबगैंचा

कुनै समय थियो, पात्लेखेत–८, कल्छेबेसी गाउँका बासिन्दा किनमेल र काम विशेषले नजिकैको पाँचखाल बजार पुगेका बेलामा तरकारी किनेर ल्याउँथे। त्यही तरकारीले धेरै छाक टार्दथे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्