२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल

जारी विज्ञप्तिमा विगतदेखि नै दशैंसहित नेपालीहरुका महान पर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने भएकोले आउने तीर्थालुका लागि आफूहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तीर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ।

वैधानिक प्रक्रियामा आउन फुङलिङका व्यवसायीलाई अनुगमन समितिले दियो समय

‘हामी त्यसलाई सुक्ष्म ढंगले हेरिरहेका छौं, केही दिनमै यसका बारेमा निष्कर्षमा पुग्नुपर्ने छ’ अनुगमन समिति संयोजक भट्टराईले भने। अनुगमन समितिले दोभान, सुकेटार सहितका बजार पसलहरुको अनुगमन गरिसकेको छ।

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ

प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

व्यवसायी दर्ता र करको दायरा बढाउने काममा सहजिकरण गरिन्छः उपप्रमुख डंगोल

उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

उपमेयर डंगोलद्वारा बागमती सभ्यतालाई जाली तथा उपकरण हस्तान्तरण

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन्।

काठमाडौँ महानगर अगाडि फुटपाथ व्ययवसायीको धर्ना (फोटोफिचर)

संघले यसअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो। सो मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको थियो।

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

बिहीबार र्‍यालीसहित आएका व्यवसायीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

संकटमा ठमेलको व्यवसाय

विगत आठ वर्षदेखि ठमेलमा ट्रेकिङ पसल गर्दै आइरहेका ३३ वर्षीय नवराज न्यौपानेलाई अहिले पसलको भाडा तिर्न कठिन भइरहेको छ।

व्यवसायी र राजस्व प्रशासनबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका स्थानीय उद्योगी, व्यवसायी र राजस्व प्रशासनका अधिकारीबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

उत्पादित विद्युतको मूल्य पाउन सरकारसँग माग

ऊर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरूले उत्पादित विद्युत्को मूल्य पाउन सरकारसँग माग गरेको छ।

सार्वजनिक यातायातलाई दशैंमा देशभर १३ दिन रुट पर्मिट खुला

असोज १० गतेदेखि असोज २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट नपर्ने भएको हो। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने जनाएको छ।

‘काम गरी खान दे’ भन्दै राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघको बृहत् दबाब कार्यक्रम(फोटो फिचर)

राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघले शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर,विना विकल्प विस्थापित गर्न पाइँदैन,काम गरी खान दे, स्वरोजगार व्यवासायको व्यवस्थापन गर भन्दै दबाबपूर्ण आन्दोलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्