११ मंसिर २०८१ मंगलबार
image/svg+xml

शोभा यात्रासहित तेस्रो गैडाकोट महोत्सव सुरु

उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरको आयोजनामा तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु भएको छ। शोभा यात्रा सम्पन्न गरी महोत्सवको उद्घाटन गरिएकाे छ।

महोत्सवको लागि नाटक छनोट

शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवको लागि नाटकहरू छनोट भएका छन्। आगामी माघ २२ देखि राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा १६ वटा नाटकहरू मञ्चन हुनेछन्।

पर्यटन विकासका लागि भक्तपुर महोत्सव

भक्तपुरमा आगामी चैत्र ४ देखि ८ गतेसम्म सञ्चालन हुने पाँच दिने महोत्सवका लागि एक सय ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

राष्ट्रिय गजल महोत्सव हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।

पर्यटक तान्न चरा र अर्ना महोत्सव

आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा फजुल खर्च गर्दै गाउँपालिका

डुंगेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुंगेश्वर सास्कृतिक महोत्सव गर्न थालेको छ। जनताका आवश्यकता र विकासमा केन्द्रित भएर काम गर्ने समयमा मेला, महोत्सव गरेर फजुल खर्च गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।

भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सवको तयारी

पर्यटन भ्रमण वर्षलाई सफल पार्न डडेल्धुरामा महोत्सवको आयोजना गरिने भएको छ। नेपाल सरकारले सञ्चालन गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल सरकारकै नारा सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटनसँगै उद्योग र व्यापार समृद्धीको आधार भन्ने मुल नाराका साथ डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो।

इलाममा राष्ट्रिय नाटक महोत्सव हुने

बढ्दो आधुनिकता र जीवनशैलीमा आएको परिवर्तनले नेपाली साहित्यमा बिरलै मात्र देख्न–पढ्न पाउने अवस्थामा पुगेको नाटक विधाको संरक्षणका लागि कलाकर्मी जुटेका छन्। जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी त्यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका हुन्।

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै

बलिउड फिल्मका निर्देशक प्रकाश झा मह सहभागी हुन नेपाल आउँदैछन्। महोत्सवमा उनले निर्णायक टोलीको नेतृत्व गर्दैछन्।

तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ८० फिल्म

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुन लागेको हो।

पोखरामा धरहरा !

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो।

प्रदेशकै पहिलो मत्स्य महोत्सव बर्षाका कारण सारियो

प्रदेश ५ कै पहिलो मत्स्य महोत्सव रुपन्देहीमा आजबाट हुने भनिएको मत्सय कृषि तथा माघी महोत्सव २०७६ बर्षाका कारण माघ १ गतेका लागि सारिएको छ।

तस्बिरमा धरान महोत्सव

धरानको स्थापना दिवससँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ शुक्रबार सुरु भएको छ।

नुवाकोट महोत्सव हुने

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवर्द्रधन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्रधन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ।

सकियो साहित्य महोत्सव

नेसनल कलेजले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव सकिएको छ। बिहीबारदेखि राजधानीमा सुरू भएको अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा अन्तक्र्रिया र साहित्यिक विचारहरू आदान प्रदान गरिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्