१२ असार २०८१ बुधबार
image/svg+xml

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

रेडियन्ट बास्केटबल आजदेखि

रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ।

अपांगहरुवीचको बास्केटबलमा त्रिभुबन आर्मी क्लव विजयी

भक्तपुरमा शुक्रबार भएको एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ। एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भए । मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर भए।

रेडियन्ट र ज्ञानोदय विजयी

तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कुल विजयी भएका छन्।

एचएचसीलाई सफलता

एचएचसिएले १७औं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।

आयोजक ग्रिनल्यान्डको विजयी सुरुआत

आयोजक ग्रिनल्यान्डले १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

बास्केटबल उपाधि बौद्ध इन्टरनेसनललाइ

बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइजतर्फ र गल्र्सतर्फ दुवैको उपाधि आफ्नो हात परेको हो।

शुक्रबारदेखि केएमसी बास्केटबल

तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। केएमसी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न चार विधामा कुल ३८ टोलीले प्रतिस्पर्धा गर्ने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

सातौँ उपत्यका व्यापी बास्केटबलको उपाधि ज्ञान निकेतनको पोल्टामा

एभरेस्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको सातौँ उपत्यका व्यापी बास्केटबल प्रतियोगिता २०८० काठमाडौँस्थित ज्ञान निकेतन स्कुल शंखमुलले जितेको छ।

ग्रिनल्यान्डको जित

ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ। ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ए लाई ५०–३८ ले पराजित गर्‍यो।

सेब र एक्सेल्सियरको जित

सेब र द एक्सेल्सियर स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आज जित हात पारेका छन्।

अन्तरविद्यालय बास्केटबलमा इबिएलाई सफलता

इडेन ब्रिज एकेडेमी (इबिए) ले मंगलबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ।

ग्रिनफिल्डकाे विजयी सुरुवात

आयोजक ग्रिनफिल्ड नेसनल स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्