१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

सातौँ उपत्यका व्यापी बास्केटबलको उपाधि ज्ञान निकेतनको पोल्टामा

एभरेस्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको सातौँ उपत्यका व्यापी बास्केटबल प्रतियोगिता २०८० काठमाडौँस्थित ज्ञान निकेतन स्कुल शंखमुलले जितेको छ।

 सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन विधामा भएको प्रतियोगितामा सिनियर व्याइज र जुनियर व्याइज दुवैतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौं पहिलो भएको थियो। गल्र्सतर्फ भने आयोजक जिल्लाकै निष्ट स्कुल भक्तपुर प्रथम भयो।

प्रतियोगितामा उपत्यकाका विभिन्न २९ स्कुलहरुबाट सहभागिता रहेको  थियो। ती स्कुलहरुबाट ५३ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए । ती सवैमा कुल ६ सय ३६ जना विद्यार्थी सहभागी भएको थियो।

प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबिच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने पुरानो मान्यतामा धेरै भिन्नता आइसकेको बताए । विद्यालय जीवनदेखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाएको पाइएको सुखद पक्ष भएको उनले बताए । भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरू आदि आयोजना गरी यहाँका खेलाडीहरूलाई उत्साहित गर्दै आइरहेको बताए।

आयोजक एभरेस्ट इंगलिस स्कूलका प्रिन्सिपल भक्त राज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोपाल कर्माचार्यलगायतले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले वर्षैभरि विभिन्न प्रतियोगिताहरू गर्दै आएको बताए । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रतियोगिताका रेफ्रीहरुलाई पनि प्रशंसा पत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए।

प्रकाशित: १२ भाद्र २०८० १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App