१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अपांगहरुवीचको बास्केटबलमा त्रिभुबन आर्मी क्लव विजयी

भक्तपुरमा शुक्रबार भएको एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ। एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भए । मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर भए।

प्रतियोगितामा विजयी टिम तथा खेलाडहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक कार्यक्रमवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन्।

कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले अरु धेरै विषयहरुमा जस्तै अपांगता क्षेत्रमा पनि उचित हेरचाह गरिरहेको जनाइन् । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपांगता भएका व्यक्तिहरु रहेको भन्दै उनंले उनीहरुलाई आवश्यक ह्विलचियरलगायतका सामानहरु प्रदान गरी सहयोग गर्दै आएको जानकारी दिइन् । साथै अपांगता भएका व्यक्तिहरुलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको र यो वर्ष पनि आयोजना भएको उनले सुनाइन्।

आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फे्रण्डसिप फष्ट, कम्प्युटिशन सेकेन्ड भन्ने मान्यताका साथ स्कुलले समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनंले सके जितिन्छ, नसके सिकिन्छ भन्ने मान्यताकासाथ खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी दिए।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्टका लागि, स्वास्थ्यका लागि खेल आवश्यक भएको बताए।

मैत्रीपूर्व खेल सुरु हुनु अगाडि खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले गरेकी थिइन् । स्कुलमा भएको यस्तोखाले कार्यक्रम यो पहिलो भएको कार्यक्रममा बताइयो।कार्यक्रममा स्कुलका सवैजना विद्यार्थीलाई पनि देखाइएको थियो । अपांग भनेको घरमा मात्रै वस्छन्, उनीहरुले केही पनि गर्न सक्दैनन्, उनीहरु बोझ हुन् भन्ने नकारात्मक सन्देशलाई न्युनीकरण गर्न कार्यक्रम आयोजना गरेको आयोजक स्कुलले जनायो। 

प्रकाशित: १७ कार्तिक २०८० १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App