१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

बास्केटबलमा सेबको जित

सेबले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेको छ।

सेबले जेनिथलाई ४१–३६ ले पराजित गर्‍यो। सेबका धीरज जोराले १५ अंक जोडे। सोही स्पर्धामा सेन्ट्रल स्टेटले स्किब्सलाई २६–२०, ओएसिसले ज्ञान सागरलाई ४१–६ र न्यु भिजनले विज्डमलाई १४–८ ले हराए।

सेन्ट्रलका अग्रिम गुप्ताले २१, ओएसिसका प्रेमले ८ र न्यु भिजनका आयुश सापकोटाले १० अंक जोडे। सिनियर गल्र्समा रिब्सले साइ निलायमलाई १८–८, द एक्सेल्सियर स्कुलले एलआरआईलाई १४–७ र आयोजक रेडियन्ट पब्लिकले जेसेसलाई २७–९ ले पाखा लगाए। रिब्सकी खुसी अधिकारीले ७, एक्सेल्सियरकी अकिना घिमिरेले १० र रेडियन्टकी दिव्यांशा कार्कीले १९ स्कोर गरे।

प्रकाशित: १० मंसिर २०८० ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App