१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बास्केटबल उपाधि बौद्ध इन्टरनेसनललाइ

बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइजतर्फ र गल्र्सतर्फ दुवैको उपाधि आफ्नो हात परेको हो।

गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलमा भएको फाइनल खेलमा टेरेसा एकेडेमीलाई उछिन्दै ब्वाइजतर्फ बौद्धले उपाधि जितेको हो। आरोहण श्रेष्ठको ३१ स्कोरको मद्दतमा टेरेसालाई ६३–४२ अंकले पराजित गर्दै बौद्ध अगाडि आएको हो।  

यता गल्र्सतर्फ पनि एनसिसिएसलाई हराउँदै ३८–३० अंक बौद्ध नै विजयी भएको छ। उसका लागि सजना खत्रीले १३ अंकको योगदान दिइन्।  

प्रतियोगिताको ब्वाइजमा बौद्धका आरोहण तथा गल्र्समा बौद्धकै डिकी चेनजोम मोस्ट भ्यालुएबल खेलाडी चुनिएका थिए। ब्वाइजतर्फ भने फुर्वा छेतेन र गल्र्समा एनसिसिएसकी दिभा महर्जन सर्वाधिक अंक बटुल्न सफल भए।  

मनास्लु वल्र्ड स्कुलले फेयर प्लेको उपाधि पाउन सफल भयो।

प्रकाशित: १५ भाद्र २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App