१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एचएचसीलाई सफलता

एचएचसिएले १७औं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।

एचएचसिएले पञ्चायणलाई ४५–४० ले पराजित गर्‍यो। एचएचसिएका डेभिड राईले १३ अंक जोडे। सोही स्पर्धामा क्यान्भासले स्किब्सलाई २९–१७, सिद्धार्थले पारामाउन्टलाई २६–२३ र प्राञ्जलीले फ्लोरोसेन्टलाई २४–२१ ले हराए।

क्यान्भासका रमेश अर्यालले १० तथा सिद्धार्थका शक्ति श्रेष्ठले ७ स्कोर गरे। जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङ्डमलाई १९–१७, गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २२–१८, ग्रिनल्यान्डले फेरिल्यान्डलाई १६–१२ र फेरिल्यान्डले भद्रकालीलाई २९–२३ ले पाखा लगाए। एन्जल्स हार्टका रूपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले ६, ग्रिनल्यान्डका राहुल ठगुन्नाले ६ र फेरिल्यान्डका तेन्डी खत्रीले ११ अंक जोडे।

प्रकाशित: २ आश्विन २०८० ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App