२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

धनुषा माछापालनको सुपरजोन घोषणा

कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। शुक्रबार शहीदनगर नगरपालिकामा आयोजित एक समारोहबीच कृषि मन्त्री रामकृष्ण यादवले माछापालक किसान बौवेलाल मुखियालाई माछाको भुरा हस्तान्तरण गरी जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेका छन्। शहीदनगर, ननुपट्टी निवासी मुखिया माछापालनको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किसान हुन्।

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ।

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

लोकप्रिय बन्दै माछापुच्छ्रे ट्रेकिङ(फोटो फिचर)

माछापुच्छ्रे आधार शिविरको ट्रेकिङ लोकप्रिय बन्दै गएको छ । यो ठाउँबाट अन्नपूर्ण हिमश्रृंखलाको मुख्य हिमाल अन्नपूर्णको पश्चिम खण्ड, हिउँचुली, अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे लगायतका हिमाल अवलोकन गर्न सकिन्छ।

ट्राउट माछाले टुटायो वैदेशिक रोजगारीको यात्रा

परिवारको लालनपालनकै लागि साउदीअरबको उखरमाउलो गर्मीमा काम गरिरहँदा विकट अर्खलेगाउँका जितबहादुर गुरुङको मनमा जहिल्यै एउटै प्रश्न उठीरह्यो, ‘दुईचार पैसा कमाउनकै लागि गाउँ छोड्ने कहिले सम्म ?’

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक

परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरू व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ ।

माछापुच्छ्रेको जित

माधव सुवेदीको अविजित ४५ रनप्रेरित माछापुच्छ्रे बैंकले सोमबार कर्पोरेट क्ल्यासमा बैंक अफ काठमाडौं लुम्बिनीलाई ४ विकेटले पराजित गरेको छ। रोयल काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा टस जितेर ब्याटिङ गरेको बैंक अफ काठमाडौं लुम्बिनीले १०.२ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो।

गुन्द्रुकदेखि समुद्रको माछासम्म

दक्षिण ललितपुर भारदेउकी लालमाया तामाङले आर्मी अफिसर्स क्लबमा जारी अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको स्टल नं १३ मा जिम्बु, मुला, रायो र तोरीको गुन्द्रुकदेखि स्थानीय तहमा उत्पादित तरकारी बेच्न राखेकी छिन्। उनको स्टलमा बिहीबार गृहणी महिलाहरुको भीड थियो।

कञ्चनपुरमा धान र माछापालनलार्इ प्राथमिकता

कञ्चनपुर जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सञ्चालनमा आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा यो परियोजना सुरु भएको हो। एक दशकसम्म चल्ने यस परियोजनाबाट कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्य राखिएको छ।

माछापुच्छ्रे देखेर लोभिए भारतीय राष्ट्रपति

गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन्। स्वराज सहितका पाहुना टोलीले त्यो बेला पोखराको सौन्दर्यको मन खोलेर प्रशंसा गरेका थिए।

मुखर्जी अाउनै लाग्दा माछापुच्छ्रे खुल्यो

भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन्। उनी भोलि नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने कार्यक्रम रहेकाे छ। तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन्। त्यसपछि सिधै काठमाडौं फर्कनेछन्।

माछापालनमा युवा

स्थानीय आदर्शराज बोर्डिङ स्कुलका शिक्षक हुन्, विदुर कटुवाल । वीरेन्द्रनगरका कटुवालले अंग्रेजीमा एमए गरेका छन् । तर, उनको लक्ष्य उदाहरणीय कृषक बन्नु हो । मध्यपश्चिम विश्वविद्यालयमा एमबिए अध्ययन गर्दै गरेका जगदीश शाही पनि स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्