५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङ गाउँमा डा. भट्टराई। तस्बिर: भट्टराईको फेसवुकबाट

काठमाडौं- कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ। प्रतिनिधि सभा निर्वाचनमा 'थ्रेस होल्ड' कटाउन नसकेपछि समिक्षा गर्न र पार्टीको भावि कार्ययोजना बनाउन पार्टीको रणनीतिक बैठक बसेको हो। वैठकमा केन्द्रीय कार्यकारी सदस्य, आमन्त्रित कार्यकारी सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का २ सय ५० भन्दा आसपासले 'भविष्यको दिशा' कोरिरहेका छन्।

मंगलबारबाट सुरु भएको बैठकको अन्तिम दिन बिहीबार पार्टी संयोजक डा. भट्टराईले समिक्षात्मक मनत्व्य राख्नेछन्। जुन मनतब्यमा पार्टीको आगामि दिशाको बारे बोलिनेछ।

मंगलबारबाट सुरु भएको बैठकको अन्तिम दिन बिहीबार पार्टी संयोजक डा. भट्टराईले समिक्षात्मक मनत्व्य राख्नेछन्। जुन मनतब्यमा पार्टीको आगामि दिशाको बारे बोलिनेछ।

बैठकको लागि ल्वाङ जानु अघि भट्टराईले ट्विट गर्दै भनेका थिए ' देशमा सच्चा वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्न यो बैठकले विगतको निर्मम समीक्षा गरेर नयाँ दिशा तय गर्नेछ! सबैको सुझाव र सहयोग अपेक्षित छ है!' बैठकले कस्तो दिशा तय गर्ने हो त्यो भन्ने बिहीबार मात्रै सार्वजनिक हुने संगठन विभाग प्रमुख गंगा श्रेष्ठले बताए। 'साथीहरुले आफ्नो रिपोर्टिङ राख्नु भएको छ', श्रेष्ठले भने, 'रिपोर्टिङको सारमा बिहीबार संयोजकले भावि योजना सहितको मनतव्य राख्नु हुने छ।'

प्रतिनिधि सभा तर्फ गोरखाबाट डा. भट्टराईले प्रत्यक्ष तर्फ एक सिट जिते पनि थ्रेस होल्ड कट्न सकेन। पार्टीको थ्रेस होल्ड कट्न नसकेपछि वैकल्पिक राजनीतिको नारा दिएको पार्टीको भविष्य के हुने भन्ने टिप्पणी सेलाउन नपाउँदै बसेको बैठकमा नेतृत्वमा यूवाहरुलाई अघि बढाउनु पर्ने माग उठिरहेको केन्द्रिय परिषद सदस्य मनिकर कार्कीले बताए। अन्य कुनै पार्टीसँग एकता गरेर जाने वा त्यसको तयारी नभएको बताउँदै उनले भने, 'वैकल्पिक राजनीतिको आवश्यकता झन् बढ्दै भएको छ, ल्वाङ बैठकले त्यहाँ सम्म पुग्ने कार्ययोजना बताउन सक्नुपर्छ।'

'पाँच स' को नारा सहित दुई वर्ष देखि राजनीतिमा आएको नयाँ शक्तिको भविष्य निर्धारण गर्ने बैठकको रुपमा यसलाई लिइएको छ। नयाँ शक्तिले थ्रेस होल्ड कटाउन नसके पनि ४ नम्बर प्रदेश र ३ नम्बर प्रदेश सभामा १/१ सिट जितेको छ भने ४ नम्बर प्रदेशको समानुपातिक तर्फ एक सिट प्राप्त गरेको छ।

 ल्वाङ गाउँको उत्तरमा मनमोहक अन्नपूर्ण माछापुच्छ्रे हिमाल मात्र देखिँदैन त्यसको चिसो स्याँठ पनि आउँछ त्यो स्याँठले नयाँ शक्तिलाई कता लैजाने हो यो बैठकले निर्धारण गर्ने छ।

 

 

 

प्रकाशित: १९ पुस २०७४ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App