५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेट्ने

फाइल तस्बिर

अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो ।  

दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ।  

भेटमा इपीजीको प्रतिवेदन, सीमा समस्या लगायत विषयमा कुराकानी हुने बताइएको छ । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिएको ईपीजी र सीमासम्बन्धका अभिव्यक्तिबारे भारत रुष्ट छ । 

भेटमा नेपाल र भारतबीचको सम्बन्ध, दुई देशबीचको उच्चस्तरीय भ्रमण लगायत विषयमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 

प्रकाशित: ५ आश्विन २०८१ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App