काठमाडौँ – नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरूको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।
प्रकाशित: २७ कार्तिक २०७४ १२:५५ सोमबार