२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रदेश नं. १ मा वाम गठबन्धन अगाडि

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा प्रदेश नं. १ का सात जिल्लाको सम्पूर्ण स्थानमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको छ।

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ।

केसीको समर्थन प्रजातान्त्रिक गठबन्धनलाई

उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले आगामि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक पार्टीलाई भरपूर सहयोग गर्ने घोषणा गरेका छन्। लामो समय राप्रपाको राजनीति गरेर संविधानसभा सदस्य समेत बनिसकेका उनी पछिल्लो समय राजनीतिमा निस्क्रिय थिए।

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

नेपाली कांग्रेसले बिहीबार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँट टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको संसदीय समिति बैठकले गठबन्धनमा आबद्ध दलसँग छलफल गरेर सिट संख्या बाँडफाँटपछि मात्रै पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो।

जाजरकोटमा वाम गठबन्धनका तीन बागीद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र   प्रदेश सभाको  निर्वाचनका लागि  वाम गठवन्धनको सहमति विपरित परेका उम्मेदवारीहरु फिर्ता भएका छन्।  एमाले माओवादीको कार्यदलले गरेकोे पुरानो सहमति फेरिएपछि  दुवै पार्टीका तर्फबाट परेका उम्मेदवारीहरु फिर्ता भएका हुन्।

गठबन्धनका ११ जनाको उम्मेदवारी फिर्ता भएन

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभामा रसुवाबाट २३ जना उम्मेदवार सहभागि हुने भएका छन्।  निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ।

प्रदेश ७ का ४ जिल्लामा बाम गठबन्धन बलियो

सुदूरपश्चिम हालको ७ नम्बर प्रदेश काँग्रेसको पकेड क्षेत्रमा रुपमा तिनिर्दै आएको छ। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले पकड विस्तार गरे पनि पहिलो पार्टी काँग्रेस नै हुने गरेको थियो।

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ।

प्रदेश–४ : गठबन्धनविरुद्ध असन्तुष्टि

केन्द्रीय स्तरमा गरिएको गठबन्धनले जिल्लास्तरको राजनीतिमा व्यापक गुनासो निम्त्याएको छ । त्यसको प्रत्यक्ष प्रभाव प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा देखिएको छ । गठबन्धन गरेका दलबीच भागबन्डाका आधारमा उम्मेदवारी दर्ता हुँदा जिल्लास्तरका नेतामा व्यापक असन्तुष्टि देखिएको छ ।

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आइतबार वाम गठबन्धनका तर्पmबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

वाम गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

प्रश्नको घेरामा लोकतान्त्रिक गठबन्धन

अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि सकिनु, बीचको बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।

लोकतान्त्रिक गठबन्धनमा उत्साह

वबाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । ढिलो गरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्