२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

काँग्रेस तथा वाम गठबन्धनद्वारा मनोनयन दर्ता

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले मनोनयन दर्ता गराएका छन् । भव्य जुलुसका साथ मनोनयन दर्ताका लागि आएका दलका नेताहरूले आ–आफ्नो समयमा आएर मनोनयन दर्ता गराएका हुन् ।

टिकट जुधेपछि बाम गठबन्धन तोडिने खतरा

बाम गठबन्धनका कारण जिल्लामा चर्काे विवाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भएपनि बाम गठबन्धनको उम्मेदवार छनौटमा चर्काे विबाद भएको हो ।

बाम गठबन्धनलाई जनमोर्चाले सघाउने

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चाले सघाउने भएको छ । आगामी चुनावमा प्यूठान र बाग्लुङका केही क्षेत्रमा मोर्चालाई बाम गठबन्धनले सघाउने भएको छ । शनिबार भएको सहमति अनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक–एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।

खोटाङमा बाम गठबन्धन उम्मेद्वार छनोट

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट बाम गठबन्धन उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट विशाल भट्टराई, प्रदेशसभाका लागि राजन राई र रामकुमार राईले टिकट पाएका छन् ।जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्ये तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ ।

यी हुन् खोटाङमा बाम गठबन्धनबाट लड्ने उम्मेद्वार

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा बाम गठबन्धनकातर्फबाट लड्ने उम्मेद्वारको टुंगो लागेको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले र माओबादी केन्द्रकातर्फबाट लड्ने साझा उम्मेद्वारको टुंगो लागेको हो ।

कांग्रेससँग लोकतान्त्रिक गठबन्धन हुन्छ : राजपा

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले कांग्रेससँग चाँडै चुनावी तालमेल हुने बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले जानकारी गराए ।

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्र निर्धारण गरेपछि मात्रै नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवार छनोटलाई अन्तिम रूप दिने भएको छ।

वाम गठबन्धनलाई सफल बनाउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन् । युवा संघ नेपालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि वाम गठबन्धन आवश्यक भएको बताए । ‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ । वाम गठबन्धन र तालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्,’उनले भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि  सरकारको नेतृत्व एमालेले गर्नेछ ।’

वाम गठबन्धन काँग्रेस-राजपाप्रति अाक्रमक, फोरमसँग नरम

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक तथा संघीय समाजवादी फोरम नेपाल र अन्य साना वाम दलप्रति   नरम नीति अख्तियार गर्ने भएको छ।  वाम गठबन्धनले तयार पारेको संयुक्त चुनावी घोषणापत्रमा कांग्रेस पुँजीपतिवर्गको पार्टी भएको निष्कर्ष निकाल्दै उसले संविधान कार्यान्वयन गर्न नसक्ने र कांग्रेसजस्तै राजपा पनि राष्ट्रिय स्वाधीनताको सबालमा भरोसायोग्य पार्टी नभएको उल्लेख छ।

वाम गठबन्धनमा खटपट

चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि दरार देखिएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच विवाद बढेपछि गठबन्धनमा दरार देखिएको हो ।

गठबन्धनमा सिट बाँडफाँटको चासो

एक्लाएक्लै चुनावमा जाँदा बहुमत नपुग्ने भयको उपज हो वाम गठबन्धन र त्यसकै अनुशरण हो लोकतान्त्रिक गठबन्धन,’ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. हरेराम ठाकुरले भने, ‘राजनीतिमा यस्ता चुनावी गठबन्धन बन्ने र टुट्ने क्रम चलिरहन्छ । यसमा सत्ता साझेदारीको सर्त निहित हुन्छ । त्यसैले स्थानीय तह चुनावलगत्तै अलगअलग रहेका राजनीतिक दलबीच गठबन्धन बन्नु अस्वाभाविक होइन ।’

लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये ५५ सिट र प्रदेशसभा चुनावमा ३ सय ३० सिटमध्ये १ सय ३१ सिट माग गर्ने निर्णय गरेका छन् ।

वाम गठबन्धनबाट नतर्सिन कांग्रेसलाई आग्रह

नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताले दुवै दलबीच भएको चुनावी गठबन्धन र पार्टी एकता विषयबाट नेपाली कांग्रेस तर्सिएको बताएका छन् । एमाले–माओवादी केन्द्र गठबन्धन अधिनायकवादतर्फ उन्मुख भन्दै नेपाली कांग्रेसले व्यक्त गरेको धारणाप्रति आश्चर्य व्यक्त गर्दै उनीहरूले यस्तो भ्रम नपाल्न आग्रह गरे ।

वाम गठबन्धन कमिलाको प्वाख : जोशी

काँग्रेस नेता एवम् सांसद अर्जुन जोशीले वाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जोशीले समय आएपछि त्यो प्वाख आफैँ खस्ने र वामगठबन्धन भताभुङ्ग हुने टिप्पणी गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्