२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो ।

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको बताएका छन्।

आर्थिक समृद्धि र विकासको खाका कोर्दै बाम गठबन्धन

एमाले र माओवादी केन्द्रसहित नेतृत्वको वाम गठबन्धन आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासका अजेन्डामा केन्द्रित भई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र निर्माणमा जुटेको छ ।

वाम गठबन्धन अधिनायकवादी : कांग्रेस

नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रको गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने काम गरेको ठहर गरेको छ ।

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् ।

रसुवामा वाम गठबन्धनको संयुक्त भेला

वाम गठबन्धनले रसुवामा संयुक्त भेला गरेका छन् । वाम गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीले जिल्लाको कालिकास्थानमा भेला गरेका हुन् ।

लोकतान्त्रिक गठबन्धन चुनाव केन्द्रित छलफलमा

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको छलफलमा जुटेका छन् ।

वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र भागबन्डा गर्ने

तीन दलीय वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबन्डाको प्रमुख आधार दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा प्राप्त गरेको मतलाई बनाउने भएको छ ।

फोरम गठबन्धनमा नबस्ने

सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

वाम गठबन्धन : सजिलो छैन नेतृत्व व्यवस्थापन

प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका नेताहरूले राजधानीमा चुनावी गठनबन्धन हुँदै पार्टी एकताको प्रक्रिया सुरु भएको घोषणा उत्साहका साथ गरे पनि यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय निकै चुनौतीपूर्ण छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि तालमेलबाट सुरु भएको वामपन्थी गठबन्धन नटुट्ने नेताहरूको घोषणा लागू गर्न त्यति सहज छैन ।

गठबन्धनको उम्मेदवार निर्धारण कार्यदल गठन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि सात सदस्यीय कार्यदल बनाएको छ ।

वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट

उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।

कांग्रेस नेतृत्वमा ६ दलीय गठबन्धन

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

वामपन्थी दलहरूको नयाँ गठबन्धन प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सम्पन्न नहुन्जेल शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परिवर्तनको खेलमा सहभागी नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी चुनावका माध्यमबाट नयाँ संसद् नचुनिउन्जेलसम्म देउवा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

बाम गठबन्धनपछि कांग्रेस पनि अन्य दलसँग बैठक बस्दै

निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणा भएलगत्तै सत्तारुढ दल नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक बुधबार बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्