२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गठबन्धनको सन्देश

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिस्ट पार्टी बनाउने जुन सहमति भएको छ, त्यसले आगामी निर्वाचनमार्फत मुलुकमा राजनीतिक स्थायित्व दिने सन्देश दिएको छ । भलै, जनताले गठबन्धनको यो सन्देशलाई अनुमोदन गर्लान्/नगर्लान् बेग्लै कुरा हो ।

भरतपुर महानगर कार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन एमालेसँग पराजित

भरतपुर महानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनलाई धक्का लागेको छ। कार्यपालिकाका आठ सदस्यका लागि भएको निर्वाचनमा एमालेका छ जना विजयी भएका छन्। काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका दुईजना उम्मेद्वार मात्रै निर्वाचित भए। यो जितसँगै भरतपुर कार्यपालिकामा एमालेको बहुमत कायम भएको छ।

सोलु जिससमा एमाले माओवादी गठबन्धन निर्विरोध

सोलुखुम्बु जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन निर्विरोध निर्वाचित बनेको छ। माओवादी र एमालेले तालमेल गरेपछि निर्विरोध समन्वय समितीको प्रमुखमा एमाले र माओवादी केन्द्रको गठबन्धनवाट एमालेका वीर कुमार राई निर्विरोध निर्वाचित भएका हुन्।

एमाले र लोकतान्त्रिक फोरमको गठबन्धन विजयी

जिल्ला समन्वय समिति कैलालीमा नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन निर्विरोध निर्वाचित भएको छ। मुख्य निर्वाचन अधिकृत धनसिं महराले जिल्ला समन्वय समितिको अध्यक्षमा नेकपा (एमाले)का सूर्यबहादुर थापा र उपाध्यक्षमा एमालेकै सुन्दरीदेवी चौधरी निर्विरोध निर्वाचित हुनु भएको जानकारी दिए। भदौ १ गतेका लागि निर्वाचनको मिति तोकिए पनि निर्विरोध भएकाले आजै विजयी घोषणा गरिएको हो।

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

जुम्लामा माओवादी-कांग्रेसको गठबन्धन

जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।

जाजरकोटमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन

जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

बेलायतमा गठबन्धन सरकार बन्ने

बेलायतको बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेको पार्टीले बहुमत गुमाएपछि गठनबन्धन सरकार बन्ने भएको छ । प्रधानमन्त्री मेको पार्टीले बहुमतका लागि ८ सिट नपुर्याएपछि गठवन्धन सरकारको कसरत हुने भएको छ ।

सत्तागठबन्धन–राजपा तीनबुँदे सहमति

नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसँग मंगलबार छुट्टाछुट्टै तर एउटै बेहोराको तीनबुँदे लिखित सहमति गरेको छ ।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

हेटौँडामा कांग्रेस-माओवादी गठबन्धन तोडेर एमाले बिजयी

हेटौंडा उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै एमालेले जितेको छ। मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा बिजयी भएका छन्।

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्बाचित भएका छन्।

संघीय गठबन्धनद्वारा बन्दसहित अान्दोलनका कार्यक्रम घोषणा

मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले चैत २९ गते दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

अप्ठेरोमा गठबन्धन, दाहालको प्रस्तावले झस्क्यो कांग्रेस

स्थानीय तहको निर्वाचन तयारी जारी रहेकै बेला सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सत्ता हस्तान्तरण विषयले प्रवेश पाएस“गै गठवन्धन नै अप्ठयारोमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्