२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय गठबन्धनद्वारा बन्दसहित अान्दोलनका कार्यक्रम घोषणा

काठमाडौं- मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले चैत २९ गते दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

गठबन्धनले मासल जुलुस, लाठी/सिटी जुलुस र देशका प्रमुख सहरहरुमा आमसभा गर्नुका साथै नेपाल बन्दको आह्वान गरेको छ। गठबन्धनले वैशाख १६ गते नेपाल बन्द आह्वान गरेको हो। त्यसअघि वैशाख १५ गते मधेस, थरुहट र लिम्बुवान बन्द हुने जनाएको छ।

गठबन्धनले वैशाख ९ गते जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा,  १० गते बिराटनगर, भैरहवा र पाल्पामा, ११ गते नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा र १२ गते धनगढी, धरान र पोखरामा आमसभा गर्ने जनाएको छ।

त्यस्तै वैशाख १३ र १९ गते गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलुश प्रदर्शन गर्ने प्रवक्ता ओम गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ। त्यस्तै वैशाख २७ गतेदेखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द आह्वान गरेको विज्ञप्तीमा उल्लेख छ। 

सरकारले हालै दर्ता गरेको संविधान संशोधन प्रस्ताव अधूरो र त्रुटिपूर्ण मात्र होइन आन्दोलनकारी मोर्चा र गठबन्धनसँग भएको सहमति विपरीत रहेको मोर्चाले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७४ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App