६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

घाइतेको उपचारमा ध्यान दिन मन्त्री केसीको निर्देशन

लुम्बिनी प्रदेश सरकारका सहरी विकासमन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्।

जनताका आवश्यकता अनुसार विकासका काम गर्छुः मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकता अनुसार विकासका काम गर्ने बताएका छन्। भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे।

जाँदाजाँदै मन्त्रीलाई भ्याइनभ्याइ

सहरी विकासमन्त्री मेटमणि चौधरीलाई अहिले शिलन्यास, उद्घाटन तथा निरीक्षण कार्यक्रम जस्ता कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ।

सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमती आवश्यक: मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमती आवश्यक रहेको बताएका छन्।

चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।

झाँर्की जस्तै रूँदै नजानु भन्ने सुझावमा मेटमणीले भने: हाँसेरै विदा हुन्छु

‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ। आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ। मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैंभरी रहि रहदिन। त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु। जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु।’

यातायात व्यवस्था कार्यालयमा मन्त्रीको छड्के जाँच

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन्।

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमाररी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छिन्।

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँः मन्त्री झाँक्री

निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन्।

मंगलम वायरसेफ बजारमा

नेपालकै पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक तथा निर्यातकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ।

लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

भूमि व्यवस्था मन्त्रालयले यही आयोगमार्फत लालपुर्जा बाँड्नुपर्ने तर्क राखेको छ भने सहरी विकास मन्त्रालयले राष्ट्रिय आवास कम्पनीले बेचेको जग्गाको लालपुर्जा आफूले बाँड्न पाउनुपर्ने दाबी गर्दै आएको छ।

कर्णालीका भौतिक मन्त्रीको गाउँ नै बिजुली विहीन

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ।

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।

धोबीखोलाका अनधिकृत संरचना हटाउनूः मन्त्री झाँक्री

मन्त्रालयले पछिल्लो समय नदी वरपरको क्षेत्रमा अनधिकृत ढंगले अतिक्रमण भइरहेकोमा सम्बन्धित निकायलाई सार्वजनिक सूचना जारी गर्दै हटाउन अनुरोध गर्दै आएको छ। तर अतिक्रमण गर्नेले हटाउन आनाकानी गरेपछि मन्त्री झाँक्रीले बुधबार अनुगमन गरी हटाउन निर्देशन दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्