२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

घाइतेको उपचारमा ध्यान दिन मन्त्री केसीको निर्देशन

फाइल तस्बिर

लुम्बिनी प्रदेश सरकारका सहरी विकासमन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्।

आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिनसमेत मन्त्री केसीले अस्पताल प्रशासनलाई निर्देशन दिइन्। शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेमध्ये एकजना डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ। हाल उपचारत १२ घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित: २८ पुस २०८० १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App