२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जनताका आवश्यकता अनुसार विकासका काम गर्छुः मन्त्री पाण्डे

फाइल तस्बिर।

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकता अनुसार विकासका काम गर्ने बताएका छन्। भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे।

‘आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु’, उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु।’

फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए। यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ माघ २०७९ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App