१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मंगलम वायरसेफ बजारमा

नेपालकै पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक तथा निर्यातकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उक्त वायरसेफ सार्वजनिक गरेकी हुन्। वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घरधनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले जनाएको छ।

एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजका लागि छुट्टाछुट्टै किसिमका पाइप प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङमा भने कालो एचडिपिई पाइप नै अझै पनि प्रयोग गरिन्छ तर यो पाइप वायरिङका लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरूबाट बचाउँदैन।

मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै उत्पादन हुँदै आएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App