coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमाररी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छिन्। मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाएकी हुन्।

शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झुटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो। सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्ननै गर्न नमिल्ने हो र भनि प्रश्न समेत गरिन्।

उनले भनिन्, ‘के डमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला। फेरी संसदका आफ्ना मर्यादाहरु पनि छन्। मर्यादा भित्र त सबै बस्नुपर्छ। तर उहाँलाई प्रश्न गर्न नहुने प्रश्नरहीत व्यक्ति हो र? प्रश्नरहीत व्यक्ति होइन। त्यसो भएको हुनाले त्यसको जवाफ अरु ढंगले पनि दिन सकिन्थ्यो। नेताहरुले लामोलामो वक्तव्य दिँदा सांसदहरुले आफ्नो विचार राख्ने काम बाँकि नै छ। त्यसैले यसरी अवरोध गर्नु राम्रो होइन।’ मन्त्री झाँक्रीले संसदमा मर्यादा भित्र सबै रहनुपर्ने पनि स्पष्ट पारिन्।

प्रकाशित: १३ जेष्ठ २०७९ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App