६ आश्विन २०८१ आइतबार
image/svg+xml

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

विराटनगरको मेयरमा कांग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।

विराटनगरमा मतगणना हुँदै

विराटनगर महानगरपालिकाको मतगणना भइरहेको छ। पहिलो चरणमा १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सुरू गरिएको छ।

मेयरका उमेदवार नागेश कोइरालाले गरे मतदान

विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।

६५ वर्षमै वृद्धभत्ता दिने व्यवस्था गर्छौः प्रधानमन्त्री

प्रधानमनत्री शेरबहादुर देउवाले ६५ वर्ष माथिका नागरिकलाई वृद्धभत्ता दिने घोषणा गरेका छन्।

उपमेयर कार्कीको उमेदवारी खारेज गर्न माग गर्दै प्रदर्शन

विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

विराटनगरका मेयरले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।

गठबन्धनबाट विराटनगरको मेयरमा नागेश र उपमेयरमा अमरेन्द्रले दिए उमेदवारी

सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

दुई जना सट्टाबाज पक्राउ

विराटनगरबाट प्रहरीले सट्टाबाजी खेल्ने र खेलाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर–९ का ४४ वर्षीय भूपेन्द्रकुमार साह छन्।

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो।

उपाधिका लागि राजविराज र जनकपुर भिड्दै

विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

राजविराज र विरगञ्ज विजयी

विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्