६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुई जना सट्टाबाज पक्राउ

विराटनगरबाट प्रहरीले सट्टाबाजी खेल्ने र खेलाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर–९ का ४४ वर्षीय भूपेन्द्रकुमार साह छन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ठूलो रकमको बाजी लगाएर भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टाबाजी खेल्ने र खेलाउने गरेको पाइएपछि सचिन र भूपेन्द्रलाई पक्राउ गरिएको हो।

२ थान मोबाइल, सिद्धार्थ र लक्ष्मी बैंकको चेक तथा २८ हजार ३ सय २५ रूपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध सट्टाबाजी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App