१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

६५ वर्षमै वृद्धभत्ता दिने व्यवस्था गर्छौः प्रधानमन्त्री

प्रधानमनत्री शेरबहादुर देउवाले ६५ वर्ष माथिका नागरिकलाई  वृद्धभत्ता दिने घोषणा गरेका छन्। नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने व्यवस्था गर्ने घोषणा गरेका हुन्।

आमसभालाई सम्बोधन गर्दै देउवाले पहिले पनि कांग्रेसले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने घोषणा गरेको तर, नेकपा एमालेको सरकारले नमानेका कारण कार्यान्वयन हुन नसकेको बताए। ‘पहिले पनि हामीले घोषणा गरेका थियौं’ देउवाले भने ‘केपी ओली मान्नुभएन। अब गठबन्धनको सरकारले बजेटमै व्यवस्था गरेर ६५ वर्ष माथिका जेष्ठ नागरिलाई वृद्धभत्ता दिनेछ।’

विश्वभरका धेरै देशमा ६५ वर्ष माथिकालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था रहेको देउवाको दाबी छ। देउवाले इस्पाइनर इन्जुरीलगायतका ५ प्रकारका गोगका विरामीलाई पनि मासिक ५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गर्ने बताए। देउवाले गठबन्धन राट्रिय आवश्यकता रहेकाले स्थानीय तहमा गठबन्धन भएका पदहरूमा सबैलाई मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

देउवाले विराटनगरमा कांग्रेस र जसपाको गठबन्धन भएकाले कांग्रेसलाई मेयर र जसपाका उपमेयरका उमेदवारलाई मतदान गर्न आग्रह गरे। उनले कांग्रेस धोका खान तयार भए पनि कसैलाई धोका दिंदैन भन्न सन्देश स्थानीय तहको निर्वाचनबाट दिन आग्रह गरे। ‘कांग्रेस धोका खान तयार छ’ उनले भने ‘तर, कसैलाई धोका दिंदैन भन्ने सन्देश यो निर्वाचनबाट दिनुहोस्।’

देउवाले विराटनगरका उमेदवारहरूले उठान गरेका ठूला विकासका आयोजना अघि बढाउन सरकार तयार रहेको भन्दै विराटनगरमा गठबन्धनका उमेदवारलाई मतदान गरी विजयी गराउन र विराटनगरको साख फर्काउने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रह गरे।

प्रकाशित: २१ वैशाख २०७९ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App