२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

उपाधिका लागि राजविराज र जनकपुर भिड्दै

विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

विराटनगर महानगरपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा राजविराजले विराटनगर हरायो भने जनकपुरले विरगञ्ज महानगरपालिकालाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

जितसँगै उपाधिका लागि शनिबार राजविराज र जनकपुर खेल्ने छन्। पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ थालेको राजविराजले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रन बनायो।

राजविराजका लागि अमित यादवले २७, विकाश दासले २४ र रोहन विकले २० रन बनाए। विराटनगरका दीपेश कँडेलले २ तथा मुकुन्द यादव र सिद्धान्त लोहनीले १–१ विकेट लिए। १ सय ३८ रन लक्ष्य पाएको विराटनगरले १६ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा ९१ रनमै सीमित भयो।

विराटनगरका मिनस थापाले २८, मुकुन्द यादवले १४ तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रन बनाए। राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ तथा विवेक यादव, महबुब आलम र राहुल मण्डलले समान २–२ विकेट लिए।

त्यस्तै दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको जनकपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७६ रनमै सीमित भयो। जनकपुरका हरिशंकर साहले १९, रोनक रत्नम, विशाल सुस्लिङ र रुपेश यादवले समान १०–१० रन बनाए।

विरगञ्जका संमशाद मन्सुरीले ५ र अरनिको यादवले ३ विकेट लिए। ७७ रनको लक्ष्य पाएको विरगञ्जले २० ओभर खेल्दै ९ विकेट गुमाउँदै ७३ रनमै समेटियो। विरगञ्जका अरनिको यादवले २४, साहिल पटेलले १३ र  इमरान शेखले १२ रन बनाए। जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लिङले ४ र हरिशंकर साहले १ विकेट लिए।

प्रकाशित: २५ चैत्र २०७८ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App