coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपमेयर कार्कीको उमेदवारी खारेज गर्न माग गर्दै प्रदर्शन

उपमेयर कार्कीको उमेदवारी खारेजको माग राखि प्रदर्शन गर्दै पाँच दलिय गठबन्धनका कार्यकर्ताहरू।

विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

पाँच दलिय गठबन्धनका कार्यकर्ताले शुक्रबार उपमेयरकी उमेदवार कार्कीको उमेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयको गेट अगाडि प्रदर्शन गरेका हुन्।

कोशी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

उपमेयरको उमेदवारविरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले कार्कीको उम्मेदवारी सदर गरेको थियो। निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेश गरेकी थिइन्।

निर्वाचन आयोगले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिएको र मनोनयन जाँच गर्ने अन्तिम समय भन्द पहिले नै राजीनामा स्वीकृत भइसकेको देखिएको भन्दै मनोनयन सदर गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १६ वैशाख २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App