११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छः अध्यक्ष नेपाल

अध्यक्ष नेपालले मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए।

लोकतन्त्रलाई प्रभावकारी बनाउन सबैको प्रतिवद्धता आवश्यकः उपराष्ट्रपति

७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे।

नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ ।

समाजवादी मोर्चाको बैठक सुरु हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा विभिन्न राजनीतिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ।

लोसपा र जप्रपा मिल्दै

६ वर्षपछि लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एक ठाउँमा आउने भएका छन्।

बदलिंदै समाज, हट्दै विभेद

शान्ति नेपालीलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे। सँगै वन गएकी सँगैकाले होच्याएर ‘बोल्दा’ कतिपटक मन दुख्यो। एउटै धारापधेराको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए।

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

नयाँ पार्टीको तयारीमा रहेका राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेता राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएका छन्।

माओवादी विधान सम्मेलन: पार्टीको नाम फेर्ने र पदाधिकारी प्रत्यक्ष चुन्ने मुख्य प्रस्ताव

नेकपा माओवादी केन्द्रको विधान संशोधनमा पार्टीको नाम फेर्ने र सबै तहका पदाधिकारी प्रतिनिधिद्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर्ने विषयमा छलफल केन्द्रित हुने भएको छ।

नेकपा (एकीकृत समाजवादी) ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

झलनाथ खनाल भन्छन्ः अहिलेको गठबन्धन मौसमी हो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौसमी गठबन्धन भएको बताएका छन्। समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले वर्तमान सत्ता गठबन्धन आवश्यकताले बनेको र यो मौसमसँगै परिवर्तन हुने बताए।

नेपाल र खनाल एकै गोलार्द्धका दुई ध्रुव

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को जेठका लागि तोकिएको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीका नीति, सिद्धान्त र विचारमा बहस हुन थालेको छ।

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्