१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।  

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो।  

केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशङ्कर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन्। –रासस

प्रकाशित: ३ फाल्गुन २०८० १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App