१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ पार्टीको तयारीमा रहेका राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेता राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएका छन्।

उनको अभियानमा सक्रिय भएका महतो निकट नेता केशव झाका अनुसार महतो पक्षले यही फागुन २ गतेबाट काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

‘फागुन २ गते काठमाडौँका ह्ययात होटेल अगाडि प्रदर्शन गर्ने छौ। फागुन महिना भरी काठमाडौँमा कार्यक्रम गर्नेछौ’, झाले भने।

महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा काठमाडौँमा प्रदर्शन गर्न लागेका हुन। पछिल्लो समय महतो र लोसपाका अध्यक्ष महन्थ ठाकुरबिच सम्बन्ध राम्रो छैन। यहाँ सम्म कि यी दुई नेताबीच बोलचाल समेत छैन।  विगत ३र४ महिना देखि महतो पार्टी कार्यालय बबरमहलमा जान छाडेका छन्। महतोलाई सन्तोष मेहता, उपेन्द्र महतो, झा, अनिल महासेठ लगायतका नेताहरूले साथ दिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किए पछि ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले २०७८ भदौ ९ गते निर्वाचनमा आयोगमा लोसपा दर्ता गरेका थिए। कानुन अनुसार महतोले लोसपा गठन भएको ५ वर्षसम्म लोसपालाई फुटाउन सक्दैनन्।

मूल पार्टीबाट फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनमा व्यवस्था छ। त्यसैले उनले लोसपा फुटाउन सक्दैनन्। तर नयाँ पार्टी भने खोल्न सक्छन् । लोसपामा हाल प्रतिनिधि सभामा ४ जना सांसद छन्।

प्रकाशित: २९ माघ २०८० १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App