१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्।

नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालनै पदमा रहनुपर्ने बताए।

बुधवार संसद् बैठकपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरूलाई नेता नेपालले भने, 'अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ।' रासस

प्रकाशित: २५ माघ २०८० ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App