१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

१७ हजार पशुको निःशुल्क बिमा

रसुवाको कालिका गाउँपालिकाका कृषकले करिब १७ हजार पशुको निःशुल्क बिमा गरेका छन्। गाउँपालिकामा साना–ठूलागरी १७ हजार एक सय ९२ पशुको बिमा गरिएको पशु स्वास्थ्य शाखाले जनाएको छ।

निर्माण व्यवसायी निःशुल्क सडक मर्मत गर्न तयार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका डोजर तथा स्काभेटर व्यवसायीले वर्षाका कारण अवरुद्ध सडक निशुल्क मर्मतको जिम्मा लिएका छन्।

अपांगता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपांगताको परिचयपत्र पाएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्नसक्ने भएका छन्।

शिक्षा कागजमा निःशुल्क व्यवहारमा स:शुल्क

सरकारले गत वर्ष यही वर्षदेखि कार्यान्वयन हुने भन्दै निःशुल्क तथा अनिक्षा ऐन ल्याए पनि व्यवहारमा अझसम्म कार्यान्वयन हुन सकेको छैन। शिक्षा ऐनमा प्रारम्भिक बालविकास केन्द्र (इसिडी) देखि आठ कक्षासम्म अर्थात् आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुने तथा कक्षा १२ सम्म क्रमशः निःशुल्क कायम गरिने भनी लेखिए पनि ऐनको सो व्यवस्था कागजमै सीमित हुन पुगेको छ।

निःशुल्कदेखि बिमामुखी सेवाको बाटोमा स्वास्थ्य

नयाँ संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हककै रूपमा स्थापित गरेपछि सरकारले त्यसलाई पछ्याउन केही वर्षदेखि कसरत गर्दै आएको छ। विगतमा संविधानको भावना कार्यान्वयन गर्ने गरी ठोस कार्यमा अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

निःशुल्क पढ्दै भूकम्पका बालक सोनिश

२०७२ वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवालले निःशुल्क रूपमा पढ्दै आएका छन्।

सिद्धार्थको सजिलो बचत खाता

सिद्धार्थ बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी सिद्धार्थ सजिलो बचत खाता सञ्चालनमा ल्याएको छ। यो योजना बैंक खाता नहुने नेपालीलाई लक्ष्य गरी सुरू गरेको बैंकले जनाएको छ।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ।

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

नेकपाको प्रदेश २ अध्यक्ष साँसद प्रभु साहले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाएको बताएका छन्। गरुडाको शिवनगरमा आयोजित ग्यास भरिएको सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साँसद साहले कागजमै तीन वटासम्म पुलको निर्माण गरुडा नगरपालिकामा भएको तथ्य बाहिरिएको स्मरण गर्दै स्थानीय सरकारले कार्यकर्तालाई जथाभावी रकम बाँडेर भ्रष्टाचार गरेको दाबी गरेका छन्।

राहतको सामग्री निःशुल्क ढुवानी हुने

बारा र पर्साका हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ। नेपाल सामान ढुवानी व्यवसायी संघको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष श्यामकुमार डंगोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न संघ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई संघसँग समन्वय गर्न आग्रह गरे। उनले राहत सामग्री काठमाडौंदेखि वितरणस्थलसम्म पुर्‍याउन सहयोग गरिने बताए।

विपन्न परिवारलाई उच्च शिक्षा निःशुल्क

आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीलाई सरकारले उच्च शिक्षा निःशुल्क दिने भएको छ। प्रतिनिधिसभामा दर्ता भएको ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले’ आर्थिक रुपले विपन्न, विपन्न दलित, विपन्न अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क दिने व्यवस्था गरिएको हो।

१० हजार ठाउँमा निःशुल्क वाइफाई

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिकस्थलमा निःशुल्क वाइफाई दिने भएको छ। सार्वजनिकस्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको योजनालाई मुलुकभर विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। वर्ष दिनभित्र मुलुकभरका सार्वजनिकस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।

नगरबसमा निःशुल्क यात्रा गर्न पाइने

शिखर नगरपालिकाद्वारा सञ्चालित नगरबसमा केही नागरिकहरुले निःशुल्क यात्रा गर्न पाउने भएका छन्। नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, असहाय, टुहुरा र पत्रकारहरुलाई निःशुल्क यात्रा गर्नपाउने निर्णय गरेको छ। सोमबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए।

अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा

सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलले अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ। आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा स्कुलले उक्त

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्