१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

१६ जिल्लामा निःशुल्क मिर्गाैला उपचार र डायलासिस सेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार र डायलासिस सेवा १६ जिल्लामा विस्तार गर्ने भएको छ। डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो।

वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा परिचयपत्र

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ।

भीमदत्तवासीले निःशुल्क रगत पाउने, नगरपालिकाबाट ३ लाख सहयोग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दाले अब निःशुल्क रगत पाउने भएका छन्। बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बासिन्दा मुक्त हुने भएका छन्।

अब प्रहरीमा निःशुल्क एसएमएस

नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि निःशुल्क एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । १३औं महानगरीय प्रहरी दिवस मनाउने क्रममा नेपाल प्रहरीले नागरिकबाट दैनिक सूचना लिने कामलाई सहज बनाउने उद्देश्यले निःशुल्क एसएमएस सेवा सुरु गरेको हो।

‘दुषित वातावरणले बिरामी भए निःशुल्क उपचार गर’

राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्दै सरकारलाई सिफारिसपत्र पठाएको छ।

जनप्रतिनिधिले बाँडे छठका ब्रतालुलाई लाखौंका साडी

छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटमा दुई दिनमा करोडभन्दा बढीको साडी निःशुल्क वितरण गरिएको छ। शनिबार र आइतबार जिल्लामा करोडभन्दा बढीको साडी बाँडिएको हो। विभिन्न स्थानीय निकायलले बजेट छुट्याएरै तथा जनप्रतिनिधिले व्यक्त्तिगतरूपमै छठ पर्वको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन्।

मिस नेपाल खतिवडाद्वारा दुर्गम गाउँमा स्वास्थ्य शिविर

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी छिन्।

म्याग्दीका ४८ सामुदायिक विद्यालय आर्थिक सङ्कटमा

नयाँ संविधानले कक्षा ८ सम्मको अध्ययनलाई निःशुल्क र अनिवार्य तथा मावि तहसम्मको पढाइलाई निःशुल्क पाइने हकमा राखेको छ तर म्याग्दीका दर्जनौँ विद्यालयमा अध्ययन गर्ने बालबालिका भने यो अधिकार पाउनबाट वञ्चित भएका छन्।

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडाैं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्।

विभिन्न सिफारिस तथा दर्ता निःशुल्क

चारैतिर स्थानीय सरकारले व्यापक मात्रामा कर उठाउन थालेको भन्दै विरोध भइरहेका बेला रौतहटको एक नगरपालिकाले भने विभिन्न सेवा निःशुल्क दिने निर्णय गरेको छ।

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर

आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण परिवारको भान्छालाई धुवामुक्त बनाउने अभियानको क्रममा रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

निःशुल्क भिसा र टिकट कार्यान्वयन फितलो

वैदेशिक रोजगारीमा जाने कामदारका लागि लागू गरिएको निःशुल्क भिसा र टिकटको निर्णय तीन वर्ष बितिसक्दा कार्यान्वयनमा आउन नसकेको पाइएको छ ।

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्