२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

१६ जिल्लामा निःशुल्क मिर्गाैला उपचार र डायलासिस सेवा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार र डायलासिस सेवा १६ जिल्लामा विस्तार गर्ने भएको छ। डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो। हाल मन्त्रालयले मिर्गाैला रोगका बिरामीलाई उपचारबापत चार हजार, प्रत्यारोपणका लागि चार लाख, प्रत्यारोपणपश्चात औषधोपचारका लागि एक लाख प्रदान गर्दै आइरहेको छ।

सातै प्रदेशका चार हजार पाँच सय बिरामीले सरकारबाट मिर्गाैला उपचार सेवा लिइरहेका छन्। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिर्गाैला उपचार सेवाबारे जानकारी दिँदै मिर्गाैला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताए। उनले मिर्गाैला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको पनि बताए।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा निःशुल्क मिर्गौला उपचार र डायलासिस सेवा सुरु हुने।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातै प्रदेशमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए। समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गाैला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी दिने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिए। समितिका सदस्य उमेश श्रेष्ठले मिर्गाैलाका रोगी बढ्ने तर रोगको रोकथामका लागि बजेट घट्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। समितिका सदस्य दिलबहादुर महतले पनि सातै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको व्यवस्था मिलाउन सरकारलाई ध्यान दिन माग गरे। (रासस)

प्रकाशित: ७ माघ २०७५ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App