१० मंसिर २०८१ सोमबार
image/svg+xml

श्रीमानविरुद्ध शिल्पाले दिइन उजुरी, घरेलु हिंसाको आरोप

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्।

द्वन्द्वपीडितका उजुरी पीडकको हातमा !

चार वर्ष अघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गोपनीयताको ग्यारेन्टी गर्दै द्वन्द्वपीडितसँग उजुरी लियो। तर, ती उजुरी कहाँ र कुन अवस्थामा छन् भन्नेबारे पीडित अन्योलमा छन्।

बेथितिविरुद्ध उजुरी माग्दै मेयर

सूर्याेदय नगरपालिकाको बेखी र मेची राजमार्ग जोड्ने बाइपास कच्ची सडक स्तरोन्नतिको काम सकेर ठेकेदार कम्पनीले नगरलाई जिम्मा दिन खोज्यो। नगरपालिकाका जनप्रतिनिधिसहित प्राविधिकको टोलीले आयोजना निरीक्षण ग¥यो। ठेकेदारको काम ‘चित्त नबुझेपछि’ नगरले सबै भत्काएर फेरि निर्माण गर्न लगायो। त्यसपछि सडकमा नाली निर्माण, सोलिङ र ग्राभेलको काम गुणस्तरीय भएको छ।

सिफारिस राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले चार देशका लागि सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्दै बुधबार उजुरी आह्वान गरेको छ। समितिले राजनीतिक सिफारिसमा परेका अष्ट्रेलियाका लागि राजदूत महेशप्रसाद दाहा, स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा, बंगलादेशका लागि सिफारिस वंशीधर मिश्र तथा कतारका लागि सिफारिस नारद भारद्वाजको सुनुवाइ सुरु गर्दै उनीहरूविरुद्ध उजुरी आह्वान गरेको हो। सरकारले आफंैले तयार पारेको राजदूत सिफारिस मापदण्ड उल्लंघन गर्दै राजनीतिक पहुँचको आधारमा राजदूतमा सिफारिस गरेपछि यसको चौतर्फी आलोचना भइरहेका बेला उनीहरुको सुनुवाइ सुरु भएको हो।

पार्टीभित्रको विभेदविरुद्ध उजुरी दिन नेता कार्यकर्तालाई दाहालको निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन्।

ठेकेदार विरुद्ध जिल्ला प्रशासनमा उजुरी

नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएका छन्।

अख्तियार किन उदासीन ?

अनुचित कार्य सम्बन्धमा अख्तियारको ऐनमा प्रावधान भए/रहे तापनि संवैधानिक प्रावधानको अभावमा ऐनमा भएको प्रावधान निष्क्रिय हुन पुग्योे, कार्यान्वयनमा जान नै नसक्ने भयो भन्ने तर्कमा कुनै कानुनी आधार पाइँदैन।

हातपात गरेको भन्दै प्रशासकीय अधिकृतले गराए गाउँपालिकाको उपाध्यक्षविरुद्ध जाहेरी दर्ता

नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्।

अलमलमै गाउँका ‘न्यायाधीश’

‘कार्यविधिअनुसार दुई वर्षको अवधिमा एउटा मात्रै मुद्दाको किनारा लगाएका छौं,’ नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले भने, ‘कार्यविधिबाहिरबाट भने ६० को हाराहारीमा मुद्दाको टुंगो लागिसकेको छ।’

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो चार महिनामा विभागका कर्मचारीले मोक्तानलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन त सकेनन् नै, विभागका कर्मचारीले गम्भीरतापूर्वक कुरा नै नसुनेपछि मोक्तान निराश छन्। ‘कतारमा चार महिनासम्म काम गर्दा पूरै पारिश्रमिक नपाएपछि स्वदेश फर्केर न्यायका लागि हारगुहार गरिरहेको छु,’ बुधबार मोक्तानले नागरिकसँग भने, ‘न्याय पाइएला भन्ने आस लागेको बेला उल्टै विभागका कर्मचारी म्यानपावरको कुरा सुनेर हप्कीदप्की गर्छन्।’

सलमान र उनका अंगरक्षकमाथि कुटपिटको आरोप

बलिउड अभिनेता सलमान खान र उनका अंगरक्षक शेरा माथि कुटपिटको आरोप लगाउँदै एक युवकले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्। ती युवकले मुम्बईको डीएन नगर पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन्। युवकले भिडियो बनाउने बेला सलमान र शेराले आफूँमाथि कुटपिट गरेको निवेदनमा उल्लेख गरेका छन्।

सुनुवाइ समितिले ११ उजुरीकर्तासँग छलफल गर्दै

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट निर्वाचन आयोगको प्रमुख र सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव भएका न्यायाधीशका लागि उजुरी दिने उजुरीकर्तासँग बुधबार छलफल गर्ने भएको छ।

थपलिया र ओझाविरुद्ध उजुरी आह्वान

संवैधानिक परिषद्द्वारा निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्ताव गरिएका दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य पदमा प्रस्ताव गरेका विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढको छ।

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

देउवाविरुद्ध पार्टीमा उजुरी

नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको मागगर्दै अनुशासन समितिमाउजुरी दर्ता गराएका छन्। देउवाले नेकपाकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीतितथाकार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमाभनेका छन्, ‘यसबाट संसदीयमर्यादामाचोटमात्र पुगेन, सिंगो पार्टीको साखगिरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्