१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी माग

नेपाली कांग्रेसको अनुशासन समितिले अनुशासन उल्लंघन गर्ने नेता/कार्यकर्ताका बारेमा उजुरी मागेको छ। मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले यस्ता नेता/कार्यकर्ताको गतिविधिविरुद्ध चैत मसान्तसम्म प्रमाणसहित उजुरी गर्न कार्यकर्तालाई आग्रह गरेको हो। यस्ता उजुरीलाई छानविन गरी कारवाही गरिने बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मनगणन्ते उजुरीले सकस

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो।

दाहाललाई पक्राउ गर्न अमेरिकामा उजुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ।

वैदेशिक रोजगारीका उजुरी जिल्लामै

वैदेशिक रोजगारीका क्रममा ठगिनेको उजुरी अबदेखि पीडितले बसोबास गरेको जिल्ला प्रशासन कार्यालयमा दिन सक्ने भएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत वैदेशिक रोजगार ऐन २०६४ का कतिपय बुँदा संशोधन गरी पीडित बसोबास गरेकै जिल्ला प्रशासन कार्यालयमा पीडकविरुद्ध क्षतिपूर्ति र कारबाहीका लागि उजुरी दिन सक्ने व्यवस्था मिलाएको हो।

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

गाउँ–गाउँमा न्यायाधीश र सरकारी वकिल

‘न्यायिक समितिमा उजुरीहरूपछि हामीले अर्को पक्षलाई म्याद त जारी ग-यौं। तर ऊ आउँदै आउँदैन, कसरी विवाद निरूपण गर्ने,’ यो समस्याले हामीलाई पिरोल्न थालेको छ, श्रीमान्,’ रोसी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मी उप्रेतीले गाउँमा आएका जिल्ला न्यायाधीशसँग सोधिन्, ‘मेलमिलाप गराउनुपर्ने विवादमा दुवै पक्ष नहुँदासम्म सम्भव छैन, यस्तो अवस्थामा हामीले के गर्नुपर्छ ?’

न्यायाधीशविरुद्धका उजुरी ‘तामेली’मा

अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषद् सचिवालयमा परेका सबैजसो उजुरी तामेलीमा राखिँदै आएका छन्। परिषद्मा परेका उजुरीमध्ये अधिकांश न्यायाधीशले घुस खाएर फैसला गरेको दाबीसहितका उजुरी तामेलीमा राख्ने गरिएको हो।

संसदीय सुनुवाई समितिले माग्यो उजुरी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।

युवकको हत्या गर्ने समूह पक्राउ, उजुरी दिनै डराउँछन पीडित

कैलालीको अत्तरियामा शनिवार एक युवकको हत्या र ३ जना घाइते हुने गरी खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ।  युवकको हत्यामा संलग्न मुख्य अभियुक्त कैलाली गोदावरी नगरपालिका २ का २१ बर्षीय बिनोद ऐर रहेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।

उजुरीको गोपनीयता हराउने डर

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका समयमा पीडित निराश बनेका छन्। कतिपय बेपत्ता परिवार र अन्य पीडितलाई आयोग के हो र यसले के गर्छ भन्नेबारे समेत जानकारी छैन।

साझेदार छनोट अपारदर्शी भन्दै अख्तियारमा उजुरी

क्रिस्चियन एड (केड) नेपाल जावलाखेलले अपारदर्शी तरिकाले खोटाङमा साझेदार संस्था छनोट गरेको खुलेको छ।

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणाी गरकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

प्रसूति गराउँदा लापरबाही भएको भन्दै चिकित्सकविरुद्ध उजुरी

जनकपुरकी ३० वर्षीया पविता शाह प्रसूतिको लागि अस्पतालमा उपचाररत क्रममा चिकित्सकहरुद्वारा लापरबाही र दुव्र्यवहार भएको भन्दै शाकका पति दन्त चिकित्सक अजयकुमार शाहले उजुरी दिएका छन्। घटनाको छानबिन हुनुपर्ने तथा पाटन अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शारदा श्रेष्ठलाई कारबाही हुनुपर्ने भन्दै उनले नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललगायतका निकायमा उजुरी दिएका हुन्।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीको चाङ

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीका चाङ लागेका छन्। संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ। उजुरीका विषयलाई लिएर समितिले गोप्य रुपमा छलफल गरेको थियो।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ९ उजुरी

संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमसेशर राणाविरुद्ध ९ वटा उजुरी परेका छन्। राणाले पूर्व सञ्चारमन्त्री रहेका जयप्रकाश जयप्रकाशप्रसाद गुप्ताको मुद्दामा व्यापक अनियमितता गरेको उजुरी परेको छ। संविधान, ऐन कानुन र नजिरको बर्खिलाफ गर्दै फैसला गरेको आरोप उनीमाथि लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्