२० असार २०८१ बिहीबार
image/svg+xml

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्।

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्।

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा काँग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको छ भने।

कांग्रेसले मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने

मुख्यमन्त्रीले विश्वासको मत पाउन २० जना सांसद उनको पक्षमा हुनुपर्छ । माओवादी केन्द्रका १२, कांग्रेसका छ जना जोड्दा १८ जना पुग्छ ।

‘ओली र माओवादीबीच साँठगाँठको आशंका छ’

‘सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम रोकिँदैन,’ डा. कोइरालाले भने, ‘उपभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ।

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

संविधान रक्षामा जुट्न आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा असफल भएको जनाएका छन्। प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले नयाँ वर्षको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै २०७७ साल नागरिकका प्रति सर्वथा उदासीन रहन पुगेको उल्लेख गरेका छन्।

सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो: प्रदीप गिरी

'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'

अहिलेको मिसन ओली सरकार हटाउने होः कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले देशलाई निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ।

नेपाली काँग्रेस डोल्पामा क्रियासिल सदस्यता विवाद चरमोत्कर्ष

नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट डोल्पामा क्रियासिल सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्यीय टोली डोल्पा पुगेको छ। सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य घिमिरेसहित यागेन्द्र चौधरी र कल्याण गुरुगको टोली आइतवार डोल्पा पुगेको हो।

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन्।

लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छः पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए।

नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौँ: वरिष्ठ नेता पौडेल

गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्