२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने

क्याप्शन

नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबारको संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसदमा अहिले कमजोर देखिएको माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका छ सांसद छन् ।  

माओवादी केन्द्र र कांग्रेसका सांसद जोड्दा पनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँदैनन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मीले दल त्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा ३९ सदस्यीय छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन २० जना सांसद उनको पक्षमा हुनुपर्छ । माओवादी केन्द्रका १२, कांग्रेसका छ जना जोड्दा १८ जना पुग्छ ।

प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २० जना सांसद छन् । मुख्यमन्त्री शाहीको पक्षमा एमालेका केही सांसदहरु फ्लोर क्रस गरेर समर्थन गर्ने संभावना रहेको अनुमान छ ।

प्रकाशित: ३ वैशाख २०७८ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App