२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस डोल्पामा क्रियासिल सदस्यता विवाद चरमोत्कर्ष

विवाद मिलाउन श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्य टोली डोल्पामा

नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट डोल्पामा क्रियासिल सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्यीय टोली डोल्पा पुगेको छ। सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य घिमिरेसहित यागेन्द्र चौधरी र कल्याण गुरुगको टोली आइतवार डोल्पा पुगेको हो।

पार्टी सभापति अंगतकुमार बुढाले अवैधानिक किसिमले गैह्र प्रकृयाबाट क्रियासिल सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै नवप्रवेसी केन्द्रीय सदस्य कर्ण बुढा र पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय पुर्व माननीय दुधकुमारी हमालसहितको बहुमत समूहबाट चर्को विरोध हुदै आएको छ। केन्द्रीय सदस्य बुढाको समूहले गैह्रकानुनी र गैह्र पद्दतीबाट वितरण गरिएका क्रियासिल सदस्यता रद्द गनुपर्ने माग गर्दै आएको छ। नेपाल तरुणदल डोल्पाले राखेको तीन केन्द्रीय सदस्यीय टोलीको स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथी तथा क्रियासिल सदस्यता विवाद छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेले पार्टीको विधि विधान पद्धतीको सबैले पालना गर्नु पर्ने बताउँदै सभापतिले विधिपद्धती मिचेर आफ्नो अनुकुलतामा प्रयोग गरेको ठहर भएमा सबै क्रियासिल सदस्यता रद्द हुने बताए।

पार्टी संगठन विकास विस्तार र सुढृढीकरणको क्रममा राप्रपाबाट सिंगो पार्टी परित्याग गरि नेकामा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाका कारण डोल्पा काँग्रेसमा नयाँ उर्जा थपिएको उल्लेख गर्दै केन्द्रीय सदस्य बुढाको उर्जालाई शक्तिमा बदलेर विधिविधान र पद्दती अनुरुप पार्टीको संस्थागत विकासको परिणाममा रुपान्तरण गर्नु आवश्यक रहेको घिमिरेको भनाई छ। कार्यक्रमका बिशेष अतिथी तथा केन्द्रीय सदस्य कल्याण गुरुगले नेपाली काँग्रेस एक विशाल घर भएको र नेपाली काँग्रेस प्रति आस्थावान सबै नेता तथा कार्यकर्ता परिवार भएकाले एकलाई दुःख पर्दा अर्कालाइ पिडा हुने भएकाले सबै परिवारलाई समान रुपमा सम्मानित भएर बस्ने बातावरण निर्माणका लागि सबैका कुरा सुनेर सबैलाई विजयीको भाव महशुस हुने गरि विवाद मिलाइने बताए।

केन्द्रीय सदस्य कर्ण बुढाले कार्यकर्ता पार्टी सभापति अंगतकुमार बुढाका र कर्ण बुढाका नभनेर सबै कार्यकर्ता नेतालाई नेपाली काँग्रेसका भएर ढुक्कसंग बस्न कार्यकर्तालाई आग्रह गरे। नेपाली काँग्रेसलाई के कसरी अगाडि बढाउन आगामी निर्वाचनमा डोल्पा काँग्रेसमय बनाउन सकिन्छ भनेर एकजुट भएर लाग्नु पर्ने बताउँदै आगामी आम निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित भएको ठोकुवा गरे। युवा नेता सुवर्ण बुढा त्रिपुरासुन्दरी वडा ५ का नेका वडासभापति मोतिप्रसाद उपाध्याय नेपाल तरुणदलका जिल्ला अध्यक्ष तुलबहादुर बुढा युवा नेता तेजेन्द्र रोकायाले सभापति अंगत बुढा संक्रिण सोच र शंकालु ब्यक्ति भएको र पार्टीको संगठन विस्तारमा नियत राम्रो नभएकाले बुढाले वितरण गरेका क्रियासिल सदस्यता पुर्णरुपमा रद्द हुनु पर्नेमा जोड दिए।

सदस्यता विवाद नमिले सम्म कार्यसमसतिका सदस्य महासमिति सदस्य नगर तथा गाउँपालिका सभापति वडा सभापति भातृसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतका ब्यक्तिहरुमा बसेर छलफल गरि समस्या समाधान गरिने केन्द्रबाट जिल्ला पुगेका नेताहरुले बताएका छन्। केन्द्रीय सदस्यहरुलाई स्वागत गर्ने क्रममा दुई पक्षबीच झडप समेत भएको छ।

प्रकाशित: २९ चैत्र २०७७ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App